मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ऐमाजनका जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति

ऐमाजनका जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति


हिमालखवर संवाददाता
अमेरिका- अनलाइन मार्फत किताब देखि केरा सम्म विक्री गर्ने ऐमाजनका संस्थापक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन् ।  यो साता ऐमाजन कम्पनीको शेयर मूल्यमा आएको बृद्धिसंगै बेजोसले सम्पत्तिमा माइक्रोसफ्टका सह संस्थापक विल गेट्सलाई बिहीबार पछि पारेका हुन् । 
 
धनीको विवरण दिने फोब्र्स र ब्लुमवर्गका अनुसार ऐमाजनको शेयर मूल्य वृद्धिका कारण बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । यो सम्पत्तिका साथ बेजोस पहिलो नम्बरमा आएका हुन् । माइक्रोसफ्टका गेट्सको सम्पत्ति ९० अर्ब ७० करोड डलर छ । सन् २०१३ देखि लगातार संसारको धनीको पहिलो नम्बरमा रहेका ६१ वर्षीय गेट्स अहिले दोस्रो नम्बरमा झरेका छन् । 
 
ऐमाजनको शेयर मूल्यमा केही महिना यता वृद्धि भइरहेको थियो । दुई दशक अघि स्थापना भएको ऐमाजनको शेयर मूल्य अहिले प्रति कित्ता १ हजार ६५ डलर भन्दा माथि पुगेको छ । गत जनवरीमा डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यभार लिएपछि ऐमाजनको शेयर बढ्न थालेको थियो । केही दिन अघि ऐमाजनले होल फुडपनि किनेको थियो ।  
 
दुई दशक अघि घरको ग्यारेजमा अनलाइन मार्फत पुस्तक विक्री गर्ने उद्देश्यले खुलेको ऐमाजन अहिले विश्वकै सबैभन्दा महत्त्वपूर्ण खुद्रा विक्रेता कम्पनी भएको छ । अहिले ऐमाजनले इलेक्ट्रोनिक समान देखि आईसक्रिमसम्म लाखौँ वस्तुहरू अनलाइनबाट विक्री गर्छ । 
 
ऐमाजन आक्रमक बजार विस्तारको क्रममा छ । ऐमाजन प्रमाइम, अनलाइनबाट अर्डर गरेको एक घण्टामै डेलिभरी दिन ऐमाजन नाउले ऐमाजनको विस्तारमा सहयोग गरिरहेका छन् । केरा देखि काउलीसम्म ऐमाजनमा किन्न पाइन्छ । बोटल पानी, बच्चाका लागि डाइपर, आलु जस्ता समानपनि ऐमाजन मार्फत किन्नेहरु वढीरहेका छन् । घरकै कम्यूटर वा फोनबाट अर्डर गर्‍यो केही छिनमा ढोकामै समान आईपुग्ने हुदां ऐमाजनको लोकप्रियता बढिरहेको छ । 
 
युरोप, चीन भारत लगायत विश्वका कयौँ देशमा ऐमाजनले आफ्नो व्यवसाय विस्तार गरेको छ । केही वर्ष अघि बेजोसले द बासिंटन पोष्ट किनेका थिए । 
 
ऐमाजनले नेपालमा पनि कारोबार गर्ने इच्छा देखाएको थियो । तर, इलेक्ट्रानिक पेमेण्टको समस्याले नेपालमा कारोबार सुरु गर्न कठिन छ ।