मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा अगष्ट ७ मै जनैपूर्णिमा मनाइने (भिडियो सहित)

अमेरिकामा अगष्ट ७ मै जनैपूर्णिमा मनाइने (भिडियो सहित)


टेक्सस(अमेरिका) – नेपालमा चन्द्रग्रहणका कारण नाग पञ्चमीका दिन मनाउन लागिएको जनैपूर्णिमा अमेरिकामा भने अगष्ट ७ तारिकमै मनाइने भएको छ ।
 
अमेरिकाको ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष रमेशकुमार पोखरेलका अनुसार अमेरिकामा चन्द्रग्रहणको प्रभाव नपर्ने भएकोले संबन्धित दिनमै जनैपूर्णिमा मनाउन लागिएको हो ।
 
‘जहाँजहाँ ग्रहणले प्रभाव पार्छ त्यहाँमात्र नागपञ्चमीको दिनमा जनै फेर्ने निर्णय ज्योतिषहरुले गरेका छन्, अमेरिकामा ग्रहणको प्रभाव नपर्ने भएकोले अगष्ट ७ तारिकमै जनैपूर्णिमा मनाउने निर्णय भएको हो,’ पोखरेलले भने । नेपालमा ग्रहणको प्रभाव पार्ने भएकोले शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको छ । 
 
अमेरिकाको ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध(नेपाली) मन्दिरमा अगष्ट ७ तारिक सोमबार बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म जनैफेर्ने कार्यक्रम राखिएको छ । 
 
अमेरिकामा रहेका नेपाली ज्योतिषहरुको समूहको बैठकपछि यो निर्णय गरिएको जनाइएको छ । अमेरिकाका अन्य शहर र राज्यहरुमा रहने नेपाली समुदायले पनि अगष्ट ७ तारिकमै जनैपूर्णिमा मनाउने भएका छन् ।