मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अन्तिम सूचीमा नाम नपरे गौरी जोशी समूह अदालत जाने तयारीमा

अन्तिम सूचीमा नाम नपरे गौरी जोशी समूह अदालत जाने तयारीमा


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवार सूचीमा नाम नअाए गौरी जोशी समूह न्यायका लागि अदालत जाने तयारीमा जुटेको छ ।
 
गैर आवासीय नेपाल संघ (एनअारएन) आईसीसीका अध्यक्ष शेष घलेले महासचिव बद्री केसीको पत्रका विपरित जवाफ पठाएपछि गौरी जोशी समूह भित्र अदालत जाने रणनीति बनाउन थालेकाे हो । 
 
उम्मेदवार नै हुन नदिनु एनआरएन अमेरिकाको विधान विपरीत भएको उल्लेख गर्दै उम्मेदवार सूचीमा नाम नपरे जोशीलाई अदालत जान उनको अभियानलाई सहयोग गरिरहेको समूहले सुझाव दिइरहेको छ । अमेरिकी अदालतमा मुद्दा दायर गर्ने तयारी भइसकेको गौरी निकट स्रोतले जानकारी दियो । स्वयम् जोशीले पनि यो कुराको पुष्टी गर्दै अन्तिमसम्म न्यायका लागि पहल गर्ने र नपाएमा अदालतको ढोकामा पुग्ने बताए । 
 
यो मुद्दाले एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयन प्रकृयामात्र होइन केही महिना पछि काठमाडौमा हुन लागेको अधिवेशनमा प्रतिनिधि जानपनि समस्या हुने छ । तर, सधैको विवाद भन्दा यसलाई अदालतबाट छिनोफानो होस भन्ने सुझाव गौरी निकटहरुले दिइरहेका छन् । 
 
निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची जुलाई २९ मा सार्वजनिक गर्ने तालिका सार्वजनिक गरेको छ । जोशीलाई निर्वाचन समितिले उनको नाम अन्तिम सूचीमा थप भएर आउने जानकारी भने इमेल मार्फत दिएको छ । तर, यस बिचमा भएका पत्र युद्धले विभिन्न आशंका र हल्लाहरु बाहिर आएका छन् । यही भएर न्यायका लागि अदालत जाने विकल्पमा पनि तयारी भइरहेको बताइएको छ । 
 
'मेरो अभियानमा सघाईरहनु भएका साथीहरूको एनआरएन अमेरिकाको संस्थागत हितका लागि पनि अहिलेको विवादलाई तार्किक अन्त्यमा पुर्याउनुपर्छ भन्ने छ,' गौरीले बुधवार हिमालय खवरसँग भने-'उम्मेदवार सूचीमा नाम आएनभने अदालत जानुपर्छ भन्ने सुझाव साथीहरूको छ । यो मेरो लागि मात्र होइन सबैका लागि हो भनेर मलाई साथीहरूले भनिरहनुभएको छ । मैले अहिले हतार नगरौं भनेको छु ।'
 
उनले अन्तिम नामावली अाउँदासम्म भने प्रतिक्षा गर्ने संकेत दिएका छन् ।  
 
गौरीले आईसीसी अध्यक्ष शेष घलेलाई समेत विवादमा तान्नु गलत भएको बताए । 'आदरणिय अध्यक्ष शेष घलेज्यूले व्यक्तिगत निहित स्वार्थका लागि खेलिरहेका एनआरएनका पदाधिकारीको कुरा सुन्नु भएको र उहाँलाई पनि गलत कुरा लगाएर प्रभावमा पार्ने प्रयास गरिएको जस्तो मलाई लाग्छ,' जोशीले भने । कसले यस्तो गलत सल्लाह दिइरहेको छ भन्ने उनले खुलाएनन् । 'यो प्रष्ट छ समय आएपछि म सार्वजनिक गर्नेछु,' उनले भने ।  
 
क्षेत्रिय संयोजक सोनाम लामाले अहिलेको विवाद केन्द्रसम्म पुर्याएर गलत गरेको जोशी र उनलाइ साथ दिने समूहको निष्कर्श छ । एनआरएन अमेरिकाको विवादको समाधान यहीँ खोजिनु पथ्र्यो, यही बृहत संवाद र वार्तावाट समस्याको निकास निकाल्नु पर्नेमा माथि केन्द्रमा लगेकोमा आफुलाई दुख्ख लागेको जोशीले बताए । अझैपनि यहाँको विवाद बृहद संवादवाट समाधान निकाल्न सकिन्छ उनले भने-'क्षेत्रिय संयोजक निर्वाचन समितिले अझ यस्तो पहल गर्ने समय छ ।' 
 
'म क्षेत्रिय संयोजक र निर्वाचन समितिलाई पनि अहिलेको समस्या बृहत छलफलवाट टुंग्याउन आग्रह गर्छु,' गौरीले भने 'यसले अदालत जानुपर्ने अवस्था आउनेछैन् ।'
 
निर्वाचन प्रजातान्त्रिक प्रक्रिया हो यो प्रक्रिया अनुसार आफु उम्मेदवारको रूपमा खडा भएको हुँदा अहिलेको विवादमा अमेरिका भित्र नेपाली समुदायले आफ्नो पक्षमा व्यापक समर्थन जनाएको जोशीको दाबी छ । कसलाई नेतृत्व दिँदा संस्थाको हित हुन्छ यो तय गर्ने जिम्मेवारी एनआरएन अमेरिकाको सदस्यता लिने करिब १५ हजार मतदाताको हो गौरीले भने संस्थाको विधान कानुनलाई आफुखुशी व्याख्या गरेर उम्मेदवार हुन नदिनु सबै १५ हजार सदस्यको अपमान हो । 
 
विगतमा पनि यस्तै विवाद हुँदा न्यायिक समितिले उम्मेदवार हुन पाउने निर्णय सुनाएको नजिर समेत छ, डा केशव पौडेलपनि यही आधारमा अध्यक्ष उम्मेदवार बन्नु भएको हो गौरीले भने पूर्व निर्वाचन समिति संयोजक विनोद रोक्काले यो तथ्य सार्वजनिक रूपमा बताईरहनु भएको छ ।
 
मुद्दा मामिलामा जाँदा संस्थाको हित तथ्यलाइ जोशीले समेत  स्वीकार गरेका छन् । तर संस्थालाई विवादमुक्त राख्न अदालत जानुपर्छ भन्ने मलाई साथीहरूले सुझाव दिईरहेको उनले खुलासा गरेका छन् । 
 
वर्तमान अध्यक्ष डा केशव पौडेलसँग पुन मिलेर जाने बारेमा जोशीले भने-'डा पौडेललाई म आदार गर्छु तर, उहाँ एनआरएन अमेरिकालाई नेतृत्व दिन असक्षम भईसक्नुभएको छ र उहाँसँग एनआरएन अमेरिकालाई नेतृत्व गर्ने क्षमतापनि छैन ।' पाैडलेकै अक्षमताका कारण अहिले संसारको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाको एनअारएन सबैभन्दा कमजोर र निरीह हुन पुगेकाे जोशीले बताए । 
 
डा. पाैडेलले दुइ वर्ष अध्यक्ष भएर काम गर्दानै क्षमताकाे पुर्ण उपयोग गरिसकेकाले उहाँबाट संस्थाले नयाँ सोच र योजना केही पनि नपाउने भएका कारण अाफू नेतृत्वका लागि अघि सरेकाे समेत जोशीले स्पष्ट पारेका छन् । 
 
अमेरिकामा बस्ने नेपाली समुदाय परिवर्तनको पक्षमा रहेकाले पनि अाफू अघि बढेको बताए ।  'अमेरिकामा बस्ने नेपाली भाषण होइन अमेरिका बस्ने नेपाली समुदायका लागि पनि एनआरएन अमेरिकाले काम गरोस भन्ने चाहन्छन् । समुदायको यो चाहना बुझेर मैले अमेरिकामा बस्ने नेपालीका लागि एनआरएन अमेरिका भन्ने मुद्दा उठाएको हुँ । मेरो मुद्दालाई कार्यान्वयन गर्न मेरो अभियानमा साथ दिने साथीहरूले अहिलेको विवादमा नझुक्न बल दिईरहनुभएको छ,' उनले भने ।