मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आत्महत्या दर घटाउँदै जापान

आत्महत्या दर घटाउँदै जापान


टोकियो । जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ । जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो ।
 
जापान विश्वका शक्तिसम्पन्न राष्ट्र जी–७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन् ।
 
सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रति एकलाख मानिसमा १८.५ जनाले आत्महत्या गर्ने गरेका छन् । सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एकलाखमा १३ जनामा मात्र सीमित गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो । 
 
जापानमा पछिल्ला वर्षमा आत्महत्याको सङ्ख्या विगतका केही वर्षदेखि घट्दै आएको छ । सन् २००३ मा जापानमा ३४ हजार ४२७ जनाले आत्महत्या गरेका थिए । यो दरमा कमी आइ गत वर्षमात्र २१ हजार ८९७ जापानी नागरिकले आत्महत्या गरेका थिए । 
 
मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेको छ । यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषद्का प्रवक्ताले जनाएका छन् । रासस/एएफपी