मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्ल्समा २०४ औ भानु जयन्ती समारोह सम्पन्न

लसएन्ल्समा २०४ औ भानु जयन्ती समारोह सम्पन्न


लसएन्ल्स (अमेरिका)- अन्तर्राष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजनामा   नेपाल अमेरिका एकता समाजको हलमा २०४ औ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।
 
आदिकवि भानुभक्तको फोटोमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलक कार्कीले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरुलाई स्वागत गरेका थिए ।
 
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डन कार्कीले गरेका थिए भने अनेसासका कोषाध्यक्ष शान्तिराम ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने  चुणा वसन्त लम्साल,शान्तिराम ढकाल र एन्जलसबासिका आदर्णीय गुरु विष्णु पौडेलद्वारा आदिकवि भानुभक्तको जीबनीको बारेमा चर्चा गरिएको थियो ।
 
लस एन्जलस नेपाली समाजका नयाँ पिँढीको साहित्यमा आकर्षण बढाउने उध्येश्यले बालबालिकालाई आफूले चाहेको भाषामा रचना सुनाउने छुट दिइएको थियो । जस अनुसार दर्शना पाण्डे र अलका जोशीले आ-आफ्ना अङ्ग्रेजी भाषामा लेखिएका रचना वाचन गर्दा कार्यक्रमको शोभा बढेको थियो । कार्यक्रममा चुडा वसन्त लम्साल, शान्तिराम ढकाल,उपेन्द्र न्यौपाने,राम कुमार सुबेदी,राम लामा अविनाशी इन्दिरा त्रिपाठी,टेक लामा,प्रकाश चन्द्र घिमिरे, ललित श्रेष्ठ, डन कार्की आदिले आ-आफ्ना रचना बाचन् गरेका थिए । 
 
लस एन्जल्समा अवस्थित विभिन्न संघ संस्थाहरूको प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।