मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको नेतृत्वका लागि अध्यक्षमा चार सहित १६७ जनाको उम्मेदवारको नाम सार्वजनिक

एनआरएन अमेरिकाको नेतृत्वका लागि अध्यक्षमा चार सहित १६७ जनाको उम्मेदवारको नाम सार्वजनिक


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएन अमेरिका निर्वाचन समितिले १६७ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ । एनआरएन अमेरिका अध्यक्ष उपाध्यक्ष, सहित २३ पद, आईसीसी सदस्य र च्याप्टरका लागि उम्मेदवार दिनेको पहिलो सुची निर्वाचन समितिले पूर्व घोषित समय भन्दा दुई दिन ढिलो गरी बिहीबार मध्येरातमा सार्वजनिक गरेको हो । 
 
निकै चर्चामा रहेका अध्यक्ष पदका उम्मेदवार गौरी जोशी भने उक्त सूचीमा परेनन् । उनको उम्मेदवारी तोके अनुसार नभएकाले नाम सार्वजनिक नगरिएको समितिले स्रोतले वतायो । यस अनुसार अब अध्यक्ष पदमा चार जना मात्र उम्मेदवार छन् । दाबी विरोध गर्ने, नाम फिर्ता लिने समय अझ बाँकी छ । 
 
 ३ सय भन्दा बढी पदका लागि निर्वाचन हुन लागेको थियो । तर, उम्मेदवारको सङ्ख्या आधा मात्र छ । उम्मेदवार दिने मध्ये ४३ जनाको नाम सूचीमा परेन । प्रक्रिया नपुगी उम्मेदवारी हालिएकाले नाम सूचीमा नपरेको हो । किन नाम पहिलो सूचीमा आएन यसबारेमा व्यक्तिगत रूपमा जानकारी दिइने निर्वाचन समितिले जानकारी दिएको छ । अहिले सम्म यस्तो जानकारी आईनपुगेको सूचीमा नाम नपरेका तर, उम्मेदवारी दिएकाले हिमालयखवरलाई जानकारी दिए ।