मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका निर्वाचन

एनआरएन अमेरिका निर्वाचन


हिमालयखवर संवाददाता
न्युयोर्क (अमेरिका)- एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्ने समय एक दिनपर सारेको छ । बुधवार सूचना निकालेर निर्वाचन समितिले सुचीमा नपर्नेलाई किन नपरेको हो भन्ने जानकारी व्यक्तिगत रूपमा पठाउनका लागि एक दिन समय थप गरेको निर्वाचन समितिले जनाएको छ । 
 
केही समान्य प्राविधिक पक्ष मिलाउनु परेकाले उम्मेदवारको सूची निकाल्ने समय अर्को एक दिन सार्नु परेको समिति द्धारा बुधवार जारी सूचनामा उल्लेख छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार मंगलवार उम्मेदवारको पहिलो सूची सार्वजनिक हुनपर्ने थियो । 
 
उम्मेदवार पेस गरेका तर, सूचीमा नपर्नेले किने परेन भनेर कारण सोध्ने हुदां व्यक्तिगत रूपमा यो जानकारी इमेलमा सम्बद्ध उम्मेदवारलाई पठाईने समितिले जनाएको छ । 
 
निर्वाचन समितिका अनुसार २ सय १० जनाले उम्मेदवारी पेस गरेका छन् । त्यस मध्ये केहीले प्रकृया पुरा नगरी उम्मेदवारी पेस गरेकाले रद्द हुने निर्वाचन समिति स्रोतले वतायो । कयौँ च्याप्टरमा कसैको पनि उम्मेदवारी परेको छैन । प्राय धेरै च्याप्टरमा पनि सबै पदमा उम्मेदवारी नपरेको जनाइएको छ । केही चुनाव जित्ने भनेर चर्चामा रहेकाको समेत उम्मेदवारी रद्द हुन सक्ने स्रोतले बताएको छ । 
 
उम्मेदवार को बन्न सक्ने भन्ने बारेमा क्षेत्रीय संयोजक सोनाम लामाले पठाएको पत्रका बारेमा भने सूचनामा केही उल्लेख गरिएको छैन ।