मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालमा लगानी गर्दा पैसा कसरी लैजाने ?

नेपालमा लगानी गर्दा पैसा कसरी लैजाने ?


हिमालयखवर संवाददाता
कोलोराडो(अमेरिका) – अमेरिकामा कमाएको पैसा नेपालमा लगानी गर्‍यो त्यहाँ नाफा भयो फेरी त्यो पैसा कसरी यहाँ ल्याउने ? अमेरिका बस्ने कयौँ नेपालीले पटक पटक यो प्रश्न उठाउंछन् । यो प्रश्नमा नेपाली दूतावास वासिंटन डिसीका इकोनोमिक कन्सुलर कैलास राज पोखरेल भन्छन् यहाँ कम्पनी खोलौं उता पनि कम्पनी खोलेर पैसा लगानी गर्दा अमेरिकी डलरमा पुन फिर्ता ल्याउन कुनै समस्या छैन, प्रकृया पुर्याएर लगानी गर्ने हो भने कयौँ फाइदा लिन सकिन्छ । 
 
कोलोराडोको पुरानो नेपाली समुदायको संस्था रक्की माण्टेन फ्र्रेण्ड्स अफ नेपाल द्धारा शुक्रवार डेनभरमा आयोजित नेपालमा लगानीका अवसर सम्बन्धी कार्यक्रममा इकोनोमिक कन्सुलर पोखरेलले अहिले नेपाल लगानीबाट प्राप्त हुने नाफा वा प्रतिफलका हिसाबले उपयुक्त स्थान रहेको बताउँदै यो अवसरको उपयोग गर्न नेपाली डारोस्पोरालाई आग्रह गरे । केही वर्ष नेपाल लगानीका लागि राम्रो स्थल हुन सक्छ पोखेरेलले भने तर, सधैँ यस्तो अवसर नरहन सक्छ । 
 
समस्याहरू होलान सबै राम्रो छ म भन्दिन तर, केही जोखिम लिन चाहने हो भने नेपालमा लगानी गर्दा बढी फाइदा लिन सकिन्छ उनले भने । यहाँ पनि लगानी गरेको पैसा फेरी यता अमेरिका ल्याउन मिल्छ मिल्दैन भन्ने प्रश्न उठेको थियो । अमेरिका बस्ने कयौँले नेपालमा लगानी गरेका छन् तर, व्यवस्थित रूपमा व्यावसायिक भएर गरिएको छैन । 
 
अमेरिकाका र नेपाल बिच दोहोरो कर मुक्त सम्झौता छैन । यो नहुदां नियम अनुसार लगानी गर्दा दुवै तर्फ आम्दानीमा कर तिर्नु पर्छ । नेपाल सरकारले दोहोरो कर मुक्तिका लागि आग्रह गरेको धेरै अघि हो तर, अमेरिकी सरकारले अमेरिकाका लगानीकर्ताले यस्तो माग नराखेकाले गर्न असमर्थ रहेको जवाफ दिएको छ पोखरेलले भने तपाईहरुलाई दोहोरो कर मुक्तको सुविधा चाहिन्छ भने यहाँ लविगं गर्नुुहोस, सम्बन्धित निकायसँग माग गर्नुहोस् नेपाल सरकार यसका लागि सधैँ तयार छ । 
 
पोखरेललेको सुझाव थियो अमेरिकामा बस्ने नेपाली समुदायले यस्तो दोहोरो कर मुक्तको माग गरेको खण्डमा अमेरिका सरकारले यसका लागि प्रकृया अघि बढाउन सक्छ । नेपालमा लगानी, व्यापार लगायतका विषयमा कुनै जानकारी चाहिए दुतासावमा सम्पर्क गरेमा आफूहरू सहयोग गर्न तत्पर रहेको पोखरेलले बताए । 
 
नेपालमा दुई वर्ष अघि गएको महाभुकम्पपछि अमेरिकी सरकारले ६० भन्दा बढी वस्तुमा भन्सार सहुलियत दिएको हुदां यो सुविधाको उपयोग गर्न पनि आग्रह गरे । ट्राभरव्याग देखि थुप्रै वस्तुमा अमेरिकाले नेपाललाई भन्सार छुट दिएको छ तपाईँ वा कोही विदेशी लगानीकर्ता छन् भने यो अवसर हो पोखरेलले भने यसबाट फाइदा लिन म यहांहरुलाई आग्रह गर्छु । यसमा केही थप जानकारी चाहिए दूतावासमा सम्पर्क गर्न पनि उनले सुझाव दिए ।
 
नेपालमा गत आर्थिक वर्ष झन्डै साढे सात प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो वृद्धिदर २० वर्ष यताकै सबैभन्दा बढी हो । यो वृद्धिले आर्थिक क्षेत्रमा निकै उत्साह थपेको छ । 
 
यसै सन्दर्भमा अमेरिकाले पनि नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको सहयो दिन लागेको छ । अमेरिकाले ५० करोड डलरवरावरको सहयोग दिने लागेको छ यो पनि अर्को सकरात्मक पक्ष हो पोखरेलले भने । 
 
उक्त कार्यक्रममा रक्की माण्उण्टेनका अध्यक्ष विनोद त्रिपाठीले कार्यक्रमको उद्देश्य बारे बताएका थिए । कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोखरेलले एनआरएनले संयुक्त लगानीका लागि अगाडी बढाएको व्यवस्थाका बारेमा जानकारी दिएका थिए । तस्बिर: नातिबाबु भट्ट