मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

टेक्सस ड्यालसमा एनआरएन अमेरिकाकाका उम्मेदवार बिच बहस कार्यक्रम हुने

टेक्सस ड्यालसमा एनआरएन अमेरिकाकाका उम्मेदवार बिच बहस कार्यक्रम हुने


हिमालयखवर संवाददाता 
अमेरिका- भिजन फर नेपाल फाउण्डेशन, हिमालयखवर डटकम, नेपाली समाज टेक्सस र युनाइटेड नेपलिज फेलोसिपले संयुक्त रूपमा अगष्ट पाँच शनिवार एनआरएन अमेरिकाकाका अध्यक्षका उम्मेदवार बिच बहस कार्यक्रम आयोजना गर्ने भएको छ । 
 
निर्वाचन भन्दा करिब झन्डै एक साता अघि टेक्सस ड्यालसमा हुन लागेको उक्त बहस कार्यक्रम साँझ पाँच बजे देखि सात बजेसम्म चल्ने भिजन फर नेपालका अध्यक्ष कृष्ण शर्माले जानकारी दिएका छन् । भिजन अफर नेपाल नेपाली डायोस्पोराका लागि विचार प्रवाह केन्द्र हो । यसले अघिल्लो निर्वाचन र यस अघि पनि एनआरएन अमेरिकाको निर्वाचनमा यस्तै बहसको आयोजना गरिसकेको छ । 
 
भिजन फर नेपाल द्धारा जारी प्रेस विज्ञप्ति अनुसार अध्यक्ष पदका लागि उम्मेदवारी पेस गरेका प्रत्यासिले बहसमा सहभागी हुने प्रविद्धता व्यक्त गरिसक्नुभएको छ । एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि डा केशव पौडेल, रबिना थापा, कृष्ण पोख्ररेल, रामचन्द्र पोखरेल र गौरी जोशीले उम्मेदवारी दर्ता गरेका छन् । 
 
यो बहसले विगतका समयमा उम्मेदवारहरुलाई आफ्ना योजना तथा कार्यक्रम प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको थियो भने अमेरिका बासी नेपालीहरूलाई आफ्नो नेता छान्नका लागि आवश्यक सूचना तथा जानकारी उपलव्क गराउन सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
यो बहस इच्छुक सबै मिडियाका लागि लाइभ गर्न, समाचार बनाउन खुला हुने छ । 
 
उक्त बसहमा दशर्कदीर्धावाट सहभागीले पनि प्रश्च सोध्न सकिन्छ । बहसमा सहभागिताका लागि भिजन फर नेपालले सबैलाई आमन्त्रण पनि गरेको छ । प्रत्यक्ष सहभागी हुन नसक्नेले vfornepal @ gmail.com  मा प्रश्न सुझाव पठाएर सहभागी हुन सकिन्छ ।