मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

एक डलर,एक व्यक्ति, आफ्नैलागि मेरो पहिलो एजेण्डा – रामबावु पाण्डे (बिशेष भिडियो अन्तवार्ता)

एक डलर,एक व्यक्ति, आफ्नैलागि मेरो पहिलो एजेण्डा – रामबावु पाण्डे (बिशेष भिडियो अन्तवार्ता)


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका (NRNA NCC USA)को चुनावी माहौलमा नुवाकोट जिल्ला घर भै हाल क्यालिफोर्निया राज्यको लस एन्जल्स निवासी रामबाबु पाण्डे एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरको सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरिसकेका छन् ।
 
साउदर्न क्यालीफोर्नियामा रहेको नेपालीहरूको सबै भन्दा ठुलो संस्था नेपाल अमेरिका एकता समाजको आजीवन सदस्य लगायत  क्यालिफोर्निया स्थित थुप्रै स्थानिय  संघ संस्थामा आवध्द पाण्डे समाज सेवा फुटेर हैन मिलेर सहि ढंगमा गर्न सकिन्छ र आफु साझेदार उम्मेदवार हुन चाहन्छु – भन्ने कुरा हिमालयखबरलाई बताउछन् ।
 
एनआरएनए अमेरिकामा दीर्घकालीन रूपमा नविनतम ढङ्गले अघि बढ्न अबको एनआरएनलाई सकारात्मक ढङ्गले दीर्घकालीन सोचका साथ प्रवासीहरुको मूल संस्थाको रूपमा विकास गर्नु प्रमुख आवश्यकता  ठान्दै पाण्डेले आफ्नो कार्यकालको  पहिलो एजेण्डाको रुपमा "एक डलर,एक व्यक्ति ,आफ्नैलागी भन्ने सोचकासाथ राहत कोष खड़ा गरिने बताए ।
 
पाण्डेले क्यालिफोर्नियाबासी सम्पुर्ण नेपाली हरुको सुख, दुख पर्दा र बिरामी पर्दा तथा भइपरि आउने दुर्घटनाहरुको लागि प्रयोग गरिने गरि तत्काल राहत कोषको निम्ति हरेक नेपाली हरुबाट स्वैच्छिक १ डलर योगदान गराउन लगाउने र त्यसलाई आवश्यक नियमावली अनुसार ब्यबस्थित गर्ने प्रतिबध्दता गरेका छन् ।
 
घोषणा पत्र प्रस्तुत गरेर नसकिने नारा दिनुभन्दा स्थानियस्तरमा प्रवासीहरुका समस्याहरुका बारेमा एनआरएन क्यालिफोर्निया च्याप्टरलाई हरदिन – हररात क्रियाशील गराउने र दु:खमा परेका र अवसरको खोजीका लागि हन्डर खानेहरुका लागि आवास, सेवा र भरपर्दो संरक्षणका लागि सामुदायिक संस्थाहरु बलियों हुनु भनेको एन आर एन मज़बूत हुनु हो भन्ने विचार राख्दै सामुदायिक एकताको आबश्यकता छ भन्दै पाण्डेले पहिलो एजेण्डा को रुपमा आकस्मिक कोषको निम्ति डलर अभियान अगाडी सारेका छन् ।
 
हिमालयखवरका लागि लसएञ्जल्सका संवाददाता डोल्मा लामाले लिनुभएको समाजसेबी रामबावु पाण्डेसँग बिशेष भिडियो अन्तवार्ता हेर्नुहोस।