मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरिकाको बागडोर कतातिर ?

एनआरएन अमेरिकाको बागडोर कतातिर ?


विश्वभरिका नेपालीहरुलाई समेट्ने उद्वेश्यले स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन) आज संसारका धेरै मुलुकमा फैलिइसकेको छ । तर संसारको महाशक्ती राष्ट्र अमेरिकामा भने ढिलोगरि विस्तार भएको यो संस्था वर्षौसम्म सिमित व्यक्तिहरुको ढुकुटीको सम्पत्ति बन्यो । 
 
सन् २०१३ बाट बल्ल एनआरएन अमेरिकाले एउटा संस्थागत स्वरुप लियो र नेपाली समुदायमा चासोको विषय बन्यो । तर यो संस्थाले सही गति समात्न सकेन । सुरुबाटै राजनीतिक समूह हावी भयो यो संस्थामा । जसका कारण यो संस्था अमेरिकामा रहेका सबै नेपालीहरुको मन मस्तिष्कमा सम्मानित र सबैले ‘हाम्रो संस्था’ भन्ने भावना जागृत हुन सकेन । 
 
टायर पङचर भएको गाडी जस्तै केही माइलको यात्रा हिडेपनि लिनुपर्ने गतिमा यो संस्था अघि बढेन । जसका कारण एनआरएन अमेरिकाको लक्ष्य, उद्वेश्य र योजनाभन्दा सधैँभरि पृथक रुपमा यो संस्था रह्यो । अहिले दुइलाख ५० हजार नेपाली र १५ हजार सदस्यहरू अन्यैलमा छन् । किनकी नेतृत्व सम्हाल्न खोज्नेहरुले यसलाई सही गति दिन सकेनन् । 
 
यसबीच पारदर्शिताको नारा बोकेर हिँड्ने नेतृत्वकर्ता, नेतृत्व गर्न खोज्नेहरूले यो संस्थालाई सही रुपमा परिभाषित गर्न सकेनन् । मुद्धामामिलाले गर्दा ‘परिपरि आउँछ, टरीटरी जान्छ’ भनेजस्तो गरि अघि बढ्दा अमेरिकामा एनआरएन संस्था फस्टाउन सकेन । नेपाली समुदायको उत्सुकता पछि आएर वैराग्यतामा परिणत भयो । 
 
यतिखेर यो संस्थाले अमेरिकामा रहेका करिब दुईलाख ५० हजार नेपालीहरुका लागि जुटाउने होइन फुटाउने र १५ हजार सदस्यहरुका लागि अनावश्यक टाउको दुखाइको माध्यम बनेको छ ।
 
चुनावको मुखमा आएर सधैँभरि सदस्यता वितरण गर्ने, सदस्यता भन्दा पनि मतदाता बनाउने परिपाटीले यो संस्था प्रति आस्था होइन अनास्था पैदा हुने खतरा बढेको छ । २०१७/१९ को नेतृत्वका लागि यतिखेर अमेरिकामा रस्साकस्सी सुरु भएको छ । यसका लागि समाजमा चिरपरिचित ६ जना पात्रहरु अगाडि आएका छन् । 
 
पारदर्शीताको नारा बोकेर हिँड्ने नेतृत्वको सामु फर्जी मतदाता नामावलीको समस्या आइपरेको छ । नेतृत्व बोक्न खोज्ने सबैले अनविज्ञतामात्र होइन यसको विरोध पनि गरेका छन् । अब प्रश्न उठ्छ यो फर्जी मतदाताबाट फाइदा कसले पाउँछ ? सामान्य गैर आवासीय नेपालीले वा नेतृत्व बोक्न खोज्नेहरुले ?
 
अर्कातिर ज्यादा चर्चामा आएका नेतृत्व सम्हाली एनआरएन अमेरिकालाई अघि डोहो¥याउन खोज्ने तीन व्यक्तिहरु नेपालीको राजनीतिक दलको झण्डा बोकेर खुलेआमा हिँड्दैछन् । के अब विदेशमा पनि अब हामी नेपालकै राजनीतिक दलबाट सञ्चालित हुने त ? पहिलो नेतृत्वकर्ता कांग्रेस र राष्ट्रवादखी भनिनेहरु समेटिएका छन् । दोस्रो नेतृत्वले कांग्रेसलाई आफ्नो प्रभावमा पारेको छ । अर्का नेतृत्व गर्न खोज्नेले बामपन्थी, कांग्रेस र राष्ट्रवादीहरुलाई समेटेको छ । यी सबैले नेतृत्व हत्याउनका लागि कम्तिमा दुइलाख डलर खर्चिने तयारी गरेका छन् ।
 
अब प्रश्न उठ्छ– यसरी खर्च गरेर, गुट–उपगुटमा विभाजित भएर छनौट हुने नेतृत्वकर्ताले साँच्चै यहाँ रहेका नेपालीहरुको हकहितका लागि काम गर्न सक्लान या नसक्लान् ? पक्कै सक्नेछैनन् । अहिलेको अवस्थामा एनआरएन अमेरिकामा नेपालको राजनीतिको छायाँ पर्न नदिने नेतृत्वकर्ताको जरुरी छ । जसले नेपालका नेताको होइन यहाँका नेपालीहरुको समस्याको समाधानमा काम गरोस् । नेपालको पार्टीको भातृसंस्था होइन, यहाँका नेपालीले मनमस्तिष्कबाट सम्मान गर्ने संस्था बनाउने नेतृत्वकर्ता अहिलेको आवश्यकता हो । 
 
नेपालको राजनीति र नेताहरुको छायाँबाट टाढा राखेर यहाँका नेपालीहरुको हितमा काम गर्ने इमान्दार नेतृत्वको अहिलेको एनआरएनमा खाँचो छ । 
 
(लेखक, नेपालमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक तथा विभागीय प्रमुख रही काम गरेर हाल न्यूयोर्क सिटीमा कार्यरत छन् ।)