ईमिग्रेसन समचार

नयाँ इमिग्रेसन आदेशले नेपाली प्रभावित नहुने ( भिडियो सहित )

3378 पटक पढिएको

4th Jul 2017, Tuesday | २०७४ आषाढ २०, मंगलवार ०८:०१
हिमालयखवर संवाददाता- 
ड्यालस (टेक्सस) । अमेरिकी अदालतले हालै एक नेपालीले गरेको शरणार्थी आवेदनलाई अस्विकार गर्दैमा सबै केसहरु त्यसबाट प्रभावितनै भने नहुने अध्यागमनका विषयमा विज्ञ अधिवक्ताले बताएका छन् ।
 
‘एउटा व्यक्तिको सन्दर्भमा त्यो फैसला भएकोले सबै मुद्धाहरुमा त्यसलाई नजिरका रुपमा हेरिदैन,’ अधिवक्ता गोपाल शाहले भने । शनिबार ड्यालसमा आयोजित इमिग्रेसन संबन्धि छलफल कार्यक्रममा शाहले त्यो फैसलालाई अन्य अदालतहरुले नजिरका रुपमा मान्नुपर्ने उल्लेख नभएको बताए । दोस्रो नेप्लिज अमेरिकन कन्भेन्सका अवसरमा आयोजित छलफलमा शाहले अमेरिकी अध्यागमनका पछिल्ला परिवर्तन र त्यसले नेपाललाई पार्ने असरका बारेमा जानकारी दिएका थिए । 
 
नेपालको राजनीतिक अवस्था सुधार भएका कारणले परिस्थिती केही परिवर्तन भएपनि सबै मुद्धाहरुमा सेभेन सर्किट कोर्टले रुद्रसिंह थापाक्षेत्रीको विषयमा गरेको फैसला आकर्षित नहुने शाहले बताए । शाहले भने–‘व्यक्ति अनुसारको अवस्था, केस फरक हुने भएकाले त्यो फैसलाका कारण अब पेन्डिङमा रहेका सबै मुद्धाहरु असफलनै हुन्छन् भन्न सकिँदैन ।’
 
पत्रकार सूर्य थापाद्वारा मोडरेट गरिएको छलफल कार्यक्रममा अधिवक्ता शाहले ६ मुस्लिम देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा गरिएको कडाईबाट नेपालीहरु प्रभावित नहुने समेत बताए । हालै अमेरिका प्रवेशमा यहाँ बस्ने परिवारका सदस्यहरुले बाबुआमा, सासुससुरा, दाजुभाई, दिदीबहिनीलाई लगायतलाई स्पोन्सर गर्न सकेपनि त्यसभन्दा बाहेककालाई स्पोन्सर गर्न नसक्ने नयाँ कार्यकारी आदेशमा उल्लेख छ । 
 
यो आदेश इरान, सिरिया, लिबिया, सुडान, यमन र सोमालिया देशका लागि ९० दिनका लागि हो । यसबाट नेपाली भने प्रभावित नहुने शाहले बताए ।
 
शाहले नयाँ टेक्सस कानुन, अमेरिकी नागरिकताको बाटोका बारेमा समेत सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । शाहसँग बबिता खनाल, बलराम पौडेल, इन्दिरा त्रिपाठी लगायतले समसामयीक विषयमा जिज्ञासा राखेका थिए । 
 
झण्डै एक घण्टासम्म चलेको अमेरिकी इमिग्रेसन अध्यागमनको विषयक छलफललाई सहभागीहरुले निकै चासोपूर्ण रुपमा लिएका थिए ।