मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया भन्दा वढी अनुदान दिने

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया भन्दा वढी अनुदान दिने


हिमालय खबर संवाददाता 
वासिंटन डिसी (अमेरिका) –  अमेरिकाले नेपाललाई ५० अर्ब रुपैंया भन्दा बढीको अनुदान सहयोग दिने भएको छ । अमेरिकन सरकारको मिलिनियम च्यालेन्स  कर्पोरेशन (एमसीसी) मार्फत उक्त सहयोग दिने सहमति भएको हो । वासिंटन डिसीमा आयोजित पाच दिनको नेपाल र अमेरिकाका सरकारी अधिकारी बिचको छलफल पछि उक्त सहमति भएको हो । 
 
यो सहयोग रकम नेपालमा विद्युत प्रशारणमा मुख्य समस्या रहेको ट्रान्मिशन लाइन निमार्णमा खर्च गरिने छ ।  नेपालमा विद्युत प्रशारणमा ट्रान्मिशन लाइन मुख्य समस्या रहदै आएको छ । विद्युत उत्पादकले यो ट्रान्मिशन लाइनलाई मुख्य समस्याका रहेको बताउँदै आएका थिए । यो सहयोगले यो समस्या लगभग समाप्त हुने छ । 
 
बाकी रकम सडक मर्मतमा खर्च हुने छ । दुई देश बिचको छलफलमा सहभागी नेपाली दूतावासका इकोनोमिक कन्सुलर  कैलास  पोखरेलका अनुसार पाच वर्ष भित्रमा परियोजना बनाएर सक्नु पर्ने छ । अन्यथा यो रकम प्राप्त हुने छैन । 
 
अमेरिकाले छलफलका क्रममा नेपालमा योजना सञ्चालनमा सधैँ ढिला सुस्ती हुने, भष्ट्राचार, जग्गा प्राप्तिमा समस्या जस्ता विषय उठाएको थियो । उक्त छलफलमा नेपालबाट वैदेशिक सहयोग महाशाखाका प्रमुख वैकुण्ठ अर्याल लगायतका टोली सहभागी थियो । दुई वर्ष अघि अमेरिकाले नेपाललाई उक्त सहयोग कार्यक्रममा राखेको थियो । इकोनोमिक कन्सुलर पोखरेलले यो ठुलो उपलब्धि रहेको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । 
 
यो अमेरिकाले गर्न लागेको अहिलेसम्मै सबैभन्दा ठुलो अनुदान सहयोग हो । यसबाहेक यो नेपालले एकै पटक प्राप्त गरेको अहिलेसम्मै सबैभन्दा ठुलो वैदेशिक अनुदान रहेको छ ।