मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पानीभन्दा पनि सस्तो भयो तेलको मूल्य

अमेरिकामा पानीभन्दा पनि सस्तो भयो तेलको मूल्य


हिमालयखवर संवाददाता- 
अमेरिका ।  यो महिना अमेरिकामा गाडी चलाउनेका ग्याँस (तेल) को मूल्य तल झर्दै गरेकाले उपभोक्ताका लागि सुखद रहने देखिएको छ । 
 
अमेरिकामा गर्मी महिनामा सडक यात्रा गर्नेको संख्या वढ्छ । यसले गर्दा प्रायः समरको समयमा ग्याँसको मूल्य उकालो लाग्नेगर्छ । तर, जुन २ यता ग्याँसको मूल्य लगातार घटीरहेको यससम्बन्धि तथ्यांक राख्ने एएएले जनाएको छ । 
 
अमेरिकामा सामान्य स्टोरहरूमा एक ग्यालन पिउनेपानीको झण्डै दुइ डलर पर्छ । तर ग्याँस (पेट्रोल) को मूल्य अहिले लगातार घटेर पानीको भन्दा पनि सस्तो भएको छ । 
 
ग्याँसको थोक मूल्यका आधारमा पनि महिना दिन यता ग्याँसको मूल्य तलनै रहन सक्ने एएएले जनाएको छ । गर्मी महिनामा अमेरिकामा प्राय स्कूल कलेज बन्द रहन्छन । तर, यसवेला पारिवारिक घुमफिर वढ्छ । 
 
केही प्रमुख तेल उत्पादक देशको संगठन ओपेकले हालै गरेका निर्णयले तेलको मूल्य प्रति व्यारल ६५ देखि ७५ अमेरिकी डलर विचमा रहने अनुमान गरिएको थियो । तर, अहिले यो मूल्य प्रति ब्यारल ५० अमेरिकी डलरभन्दा कम छ । 
 
मंगलवार अमेरिकामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ४३ डलर २३ सेण्टमा झरेको छ । अहिले अमेरिकामा सवैभन्दा सस्तो तेल साउथ क्यारिलोनामा छ । त्यहाँका ग्याँस स्टेशनले प्रति ग्यालन १ डलर ९६ मा तेल विक्री गरेका छन् । अक्लोहमा, अलबामा र मिसिसिपीमा तेलको मूल्य प्रति ग्यालन २ डलर भन्दा कम छ ।
 
टेक्ससमा बुधबार शेल, भलेरो, सेभ्रोन, क्रोगर लगायतका ग्याँस स्टेशनहरूले दुइ डलरभन्दा कम मूल्यमा ग्याँस बिक्री गरेका छन् ।