मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस नेपाल क्यालिफोर्नियाको उपाधी जितिन् रोज लामाले

मिस नेपाल क्यालिफोर्नियाको उपाधी जितिन् रोज लामाले


हिमालयखबर संवाददाता
सान फ्रान्सिस्को (अमेरिका) – क्यालिफोर्नियाको बे एरियामा मिस नेपाल क्यालिफोर्निया सम्पन्न भएको छ ।  
 
नेपाली युवाहरु राजेन्द्र जोशी, सागर श्रेष्ठ, सन्तोष न्यौपाने तथा मनिश कार्कीको सकृय समूहले चहलपहल प्रडक्सनद्वारा यो कार्यक्रम अयोजना गरेको हो । 
 
सनसनीपूर्ण बातावरणबीच घोषित परिणाम अनुसार मिस नेपाल क्यालिफोर्नियाको ताज सान फ्रान्सिस्को निवासी रोज लामाले जितेकी छिन् । प्रथम रनरअप तथा दितिय रनरअपको उपाधि क्रमश: दिप्ली फन्जु तथा सदिक्षा पोखरेलले जितेका थिए।
 
त्यसै गरी मिस पपुल्यारिटीको उपाधी ओशिन रायमाझी, मिस फोटोजेनिकको उपाधी मिस रोज लामा, मिस पर्सानलिटीको उपाधी दिप्ली फन्जु, तथा मिस ट्यालेन्ट उपाधी अनुश्मा महर्जनले जितेका छन। 
 
सो अवसरमा बिजेता, प्रथम उप बिजेता तथा दितीय उप बिजेतालाई व्यवसायी राजेन थापा, नारायण सोमनामे तथा पूर्ण शेर्पाले नगद पुरस्कार वितरण गरेका थिए । 
 
सो कार्यक्रमको प्रायोजन ड्यालसका समाजसेवी गौरीराज जोशी, राजेन थापा, पूर्ण शेर्पा, अनिल पाण्डे, नारायण सोमनामे, उत्तम कार्की, मणी नेपाली तथा हेमा पनेरु, नबिन बुढाथोकी, नारायण खनाल, मेघा अग्रवाल, बिन्दु सापकोटा, प्रकाश थापा, श्याम श्रेष्ठ, तथा वाइवा टेक लामाले गरेका थिए ।