मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

काश्मिरमा थप हिंसा बढ्यो, बिहीबार तीनको मृत्यु

काश्मिरमा थप हिंसा बढ्यो, बिहीबार तीनको मृत्यु


श्रीनगर (काश्मिर) । भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भीडन्त भएको समाचार छ ।
 
सो भीडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका र दर्जनौँ सशस्त्र व्यक्ति भागेको जनाइएको छ । 
 
भारत प्रशासित काश्मिरबाट पछिल्ला केही दिनयता प्राप्त समाचारहरुमा तनाव बढेको बताइएको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । 
 
भारत प्रशासित काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ । 
 
प्रहरीका अुनसार सो भीडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ । बिहीबार बिहानी पख भएको सो भीडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् र अरु कैयौँ भागेका छन्– भारतीय प्रहरीले जनाएको छ । 
 
मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र सङ्गठनमा आबद्ध रहेका बताइएको छ । यसअघि पनि गतहप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भीडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो । 
 
श्रीनगरबाट करिब ५० किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् । 
 
काश्मिरमा गत आइतबार मात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ । एएफपी