मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता


 

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी बुधबार ऐक्यबद्धता जनाएका छन् ।  
 
सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । 
 
राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताएका हुन् ।  
 
अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिएको बताए । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् । रासस