मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर प्रकरणको मुद्दा लम्बियो, अदालतले माग्यो सबै सक्कल कागज

भरतपुर प्रकरणको मुद्दा लम्बियो, अदालतले माग्यो सबै सक्कल कागज


चितवन । चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने कि मतगणनालाई निरन्तरता दिने भन्ने विषय थप लम्बिएको छ ।
 
कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले निर्वाचन आयोगले के आधारमा फेरि मतदान गराउने निर्णय गरेको हो । सो को निर्णय अदालतमा मगाउने निर्णय गरेको छ ।
 
संयुक्त इजलासले च्यातिएका मत पत्र, निर्वाचन आयोगको सक्कल निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको सक्कल सात दिन भित्र अदालतमा झिकाउन आदेश दिएको छ ।
 
अदालतले आदेश नदिएपछि भरतपुर मुद्दा थप लम्बिएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मत पत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले फेरि मतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णय मन नपरेपछि एमाले कार्यकर्ता अदालत गएका थिए ।
 
यो मुद्दामा ७ गते मंगलबार नै आदेश आउने अपेक्षा गरिएको थियो तर केही समयको लागि यो मुद्दा थप लम्बिएको छ ।
 
भरतपुर प्रकरणबारे सर्वोच्चमा बहस सुरु
 
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । कामु प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र हरिकृष्ण कार्कीको इजलासमा बहस सुरु भएको हो । रिट निवेदकका तर्फबाट बहस भैरहेको छ ।
 
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।