मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेवा सुविधा नलिने कांग्रेस वडाअध्यक्षको घोषणा

सेवा सुविधा नलिने कांग्रेस वडाअध्यक्षको घोषणा


इलाम । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेदवार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
 
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि रासससँग संक्षिप्त कुराकानी गर्दै गुरुङले राज्यबाट प्रदान गरिने सेवा सुविधा सबै जनताको हितमा खर्चिने घोषणा गरेका हुन् ।
 
“मैले जितेँ भने राज्यले पाँच वर्षमा कम्तीमा रु १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु,” गुरुङ भन्छन् “यहाँको जनतालाई सर्वाेपरि ठानेर काम गर्नेछु ।”
 
इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । यो विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । यहाँको दलित बस्तीमा खानेपानी, विद्युत्, सडक विस्तार नहुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको बताउँदै उम्मेदवार गुरुङले आफूले जितेमा खानेपानी, विद्युत् र सडकमा आफूले पाउने पारिश्रमिक र भत्ताको रकम खर्च गर्छु, भने ।
 
उनले यहाँका दलित समुदायका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्नेसमेत बताए । रासस