प्रवास

नेपाली पर्वतारोहीको अमेरिकी हिमालमा निधन

1289 पटक पढिएको

हिमालयखवर संवाददाता- | 18th Jun 2017, Sunday | २०७४ आषाढ ४, आईतवार ०८:१३
टेक्सस (अमेरिका) -  सगरमाथा लगागत धेरै हिमाल चढिसकेका पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ। 
 
अमेरिकाको पश्चिमी राज्य अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु वासिङ्टन डिसीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। दूतावासका अनुसार उक्त हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको मृत्यु भएको हो। 
 
दूतावासले घटना बारे परिवारलाइ सूचना गरिसकेको छ । उनको पार्थिब शरिरलाइ नेपाल पठाउने तयारी भैरहेको छ । 
 
अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका गर्न गएका उनको शुक्रबार मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहण गर्दै थिए।
 
उनले सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अष्ट्रेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए। उनले अष्ट्रेलियाको माउन्ट कोजिएस्को उल्टो हिँडेर चुचुरो चुमेको कीर्तिमान बनाएका थिए। फाइल तस्विर: हिमाल अारोही सञ्जय पण्डित