विचार / ब्लग

अमेरिकामा नेपाली समाज टेक्ससको उदाहरणीय काम

3460 पटक पढिएको

- सम्पादकीय

18th Jun 2017, Sunday | २०७४ आषाढ ४, आईतवार २१:२५
अमेरिका- मर्दा र पर्दा समाज चाहिन्छ, भन्ने नेपाली मान्यता हो । नेपाली समाज टेक्सस (एनएसटी) ले त्यहाँ नेपाली समुदायलाई गरेको सहयोगले यो मान्यतालाई व्यवहारमै लागु गरेर अमेरिका भरी उदाहरणीय बनिरहेको छ । मर्दा र पर्दा एनएसटीले देखाएको सकृयता प्रशंसनिय छ । कृष्ण लामिछानेको नेतृत्वमा रहेको एनएसटी आफूले गरेको काममा गर्व गर्ने पाउने थुप्रै कामहरू गरिरहेको छ ।    
 
समस्या पर्दा एनएसटीले सहयोग गरेका कयौँ उदाहरण छन्  । यसै साता ड्यालसमा नेपाली भाषी भुटानी अमेरिकीको निधन हुदां एनएसटीको सहयोग र सकृयताको प्रशंसनीय कामको पछिल्लो उदाहरण हो । 
 
राम्रो अवसर र जीवनका लागि हामी यहाँ छौँ । तर, सधैँ सोचजस्तो हुदैंन । अत्याशित दुर्धटना जीवनमा जो कोहीलाई पनि आउन सक्छन् । यस्तो अवस्थामा समाज चाहिने हो । एनएसटीले अहिले गरेका कामले त्यहाँ बस्ने समुदायलाई केही पर्दा मेरो समाज छ भनेर ढुक्क हुने वातावरण बनाएको छ । 
 
दुई वर्ष अघि नेपालमा महाभुकम्प जाँदा एनएसटी सकृय भई नेपालमा उद्धार र सहयोग गरेको थियो । हिन्दु समुदायको मन्दिरलाई व्यस्थित रूपमा अघि बढाउने लगायत समुदायलाई समस्या पर्दा एनएसटी सकृय भइरहेको छ । यस्ता समाजिक कार्यमा सकृय भएर समग्र नेपाली समुदाय टेक्सस ड्यालस उदाहरणीय बनेको छ ।
 
अमेरिकका थ्रुप्रै सहरमा जहाँ नेपाली वस्छन त्यहाँ संघ संस्था छन् । कति त नाम र पदका लागि मात्रका संस्था पनि छन् । 
 
अमेरिकामा भरी नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने एनआरएन अमेरिका छ । यसका झण्डै साढे एक दर्जन राज्यमा च्याप्टरहरु पनि छन् । तर, एनआरएन अमेरिका अझैपनि अमेरिका भित्र नेपाली समुदायको मर्दा र पर्दा चाहिने संस्था बन्न सकेको छैन । 
एनआरएन अमेरिकाका पदाधिकारीहरुले व्यक्तिगत रूपमा सहयोग गरेका छन् । समस्या पर्दा खटेका छन् । तर, अहिले एनआरएन अमेरिका अन्यौलग्रस्त छ । यो संस्था न त संस्थागत नै सकेको छ । कयौँ नेपालका राजनीतिक नेता आउँदा कार्यक्रम गरेर भाषण सुनाउने संघ संस्थालेपनि यो नेपाली समुदायको भावना अनुसार चल्न सकेका छैनन् ।समुदायको हितका लागि भन्दा पनि पदका लागि कयौँ संस्था भित्र विवाद गुटवन्दी देखिन्छ ।
 
नेपाली समाज टेक्सस भने मर्दा र पर्दा सहयोग गर्ने मामिलामा बिवादरहित देखिन्छ ।  यसबाट  अमेरिकाभरीका संघ संस्थालेपनि  धेरै कुरा सिक्न सक्छन् । 
 
एनएसटीको वर्तमान नेतृत्वपनि प्रजातन्त्रिक प्रकृया अनुसार निर्वाचनबाट आएको हो । निर्वाचन भएपछि विजय र उपविजय हुने समूह भईहाल्छ । तर, पनि यसले समुदायको हितका काममा असर पार्नु हुदैंन । एनएसटीमा अहिले यो वातावरण देखिएको छ । 
 
 
एनएसटीले आफूलाई संस्थागत रूप कसरी दिने यो चुनौती भने अझै बाँकी छ । निर्वाचनको बेला मात्र सदस्यता बनाउने प्रवृत्ति अन्त्य भएको छैन । संस्थागत बनाउने भनेको संस्थाको नेतृत्वमा जो सुकै आएपनि यसले सुरु गरेका राम्रो काम अगाडी वढुन र अझ नयाँ कामहरूको शूरुआत होस भन्ने हो ।
 
टेक्सस नेपाली समुदायको ठुलो बसाई रहेको राज्य पनि हो । एनएसटीले आफ्नो सकृयता कसरी पुरा राज्यभर पुर्‍याउने यसमा पनि सोच्नु पर्छ । 
 
कोष बनाउने, नियमित कार्यलय सञ्चालन तथा  दैनिक कार्यसम्पादन हेर्ने कर्मचारी राख्ने र सबैभन्दा महत्वपुर्णकुरा, संस्थालाई राजनीति भन्दा टाढा राखी आफना समुदायका प्रत्येक व्यक्तिसँग आफूलाई हरेक पल जोडीराख्न सके संस्था अझ बलियो र प्रभावकारी हुन्छ ।  यसतर्फ एनएसटीको अझ ध्यान पुगोस भन्ने हामी चाहान्छौं । यसो हुन सके एनएसटी अझ उदाहरणीय हुन् सक्छ ।