प्रवास

गत शैक्षिक सत्रमा पढ्न ९ हजार नेपाली विद्यार्थी अमेरिका आए

1029 पटक पढिएको

अमेरिकामा पढ्ने विदेशी विद्यार्थीको सुचीमा नेपाल १६ औँ स्थानमा

18th Jun 2017, Sunday | २०७४ आषाढ ४, आईतवार २०:५५
हिमालयखवर संवाददाता
अमेरिका- गत शैक्षिक सत्रमा करिब ९ हजार नेपाली विद्यार्थी अमेरिकाका विभिन्न शिक्षण संस्थामा पढ्न आएका छन् । नेपाल स्थित अमेरिकी दूतावासका अनुसार अमेरिकामा पढ्ने विदेशी विद्यार्थीको सुचीमा नेपाल १६ औँ स्थानमा पर्छ । 
 
अमेरिकाले वार्षिक १० लाखभन्दा बढी विद्यार्थीलाई प्रवेश दिन्छ । यी विद्यार्थीहरूले अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्राविधिक लगायतकाविषय पढई गर्छन् । अमेरिकामा पढ्न आउने कुल विद्यार्थीको संख्यामा नेपाली विद्यार्थीको संख्या १ प्रतिशतभन्दा पनि कम छ । 
 
अमेरिकीन काउन्सिल अन इजुकेशन (एसीई)को सर्वेक्षण अनुसार अमेरिकाका शिक्षण संस्थामा विदेशी विद्यार्थीको संख्या उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । एसीईले अमेरिकी कलेजहरुले अझै बढी विदेशी विद्यार्थी खोजिरहेको पनि उल्लेख गरेको छ ।
 
अमेरिका आउने सबैभन्दा बढी विद्यार्थी चीनका हुन् । इन्स्टिच्यूट फर इन्टरनेशनल डजुकेशन (आईआईई) का अनुसार चीनबाट मात्र गत शैक्षिक सत्रमा ३ लाख २८ हजार विद्यार्थी अमेरिका पढ्न आए । यस पछि भारत दोस्रो स्थानमा छ । भारतबाट गत वर्ष १ लाख ६५ हजार विद्यार्थी पढ्न अमेरिका आए ।
 
साउदी अरेबियावाट ६१ हजार, दक्षिण कोरियाबाट ६१ हजार विद्यार्थी गत शैक्षिक सत्रमा पढ्न अमेरिका आएका छन् । यो कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा झण्डै ६ प्रतिशत हो । यस पछि क्यानडा, भियतनाम, ताइवान, ब्राजिल, जापान, मेक्सिको, इरान, बेलायत, टर्की, नाईरेजिया, जर्मनी, कुवेत, नेपाल, फ्रान्स, इन्डोनेसिया, भेनुजुयवेला, हगंकगं, मलेसिया, कोलम्बिया, थाइल्याण्ड र स्पेनका छन् । 
 
विदेशी विद्यार्थीले सन् २०१५ मा अमेरिकी अर्थतन्त्रमा ३२ अर्ब, ८० करोड अमेरिकी डलरको योगदान गरेका थिए । 
 
अमेरिकाबाट भने विदेशमा पढ्न जाने विद्यार्थीको संख्या जम्मा ३ लाख १० हजार मात्र छ । जसमध्ये पनि ६३ प्रतिशतले गर्मी महिनामा ८ साता भन्दा कमका लागि मात्र विदेश पढ्न जाने गरेका छन् । यसरी जाने अमेरिकी विद्यार्थी आधाभन्दा बढी युरोप पुग्छन् ।