प्रवास

टेक्ससमा स्व अधिकारीको दाहसंस्कार

24123 पटक पढिएको

15th Jun 2017, Thursday | २०७४ आषाढ १, बिहीवार २०:१२
हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका)। नेपाली मुलका भुटानी अमेरिकी स्वर्गिय हरि अधिकारीको बिहीबार टेक्ससको  ड्यालसस्थित हयुजेज फयुनरल होममा नेपाली परम्पराअनुसार  दाहसंस्कार सम्पन्न भएको छ ।   
 
स्वर्गिय अधिकारीप्रती अन्तिम श्रद्धान्जली अर्पण गर्न  सयौँको सङ्ख्यामा नेपाली तथा भुटानीहरु हयुजेज  फयुनरल होम पुगेका थिए । 
 
अधिकारीले गत सोमबार बिहान ड्यालसको नोर्थ रिचल्याण्ड हिलस्थित आफनै घर कम्पाउन्डसँगैको  रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । 
 
श्रद्धान्जलीका क्रममा, समाजका अगुवाहरुले भविष्यमा यस्ता घटनाहरू हुन नदिनेतर्फ सबै सचेत हुनुपर्ने कुरामा जोड दिए । 
 
४३ वर्षीय स्वर्गिय अधिकारी करिब दुई दशक  लामो नेपालको शरणार्थी बसाइपछि सन २००९ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए ।  
 
स्वर्गिय अधिकारीका श्रीमती, १६ वर्षीय एक छोरा र नौ वर्षीय एक छोरी छन् । श्रीमती र छोरा छोरीको सहयोगकालागी नेपाली समाज टेक्ससले, गो फन्ड मार्फत सहयोग रकम सङ्कलन अभियान चलाइरहेको छ  । सहयोगको लागि यहाँ थिच्नुहोला