एनआरएन विशेष

द्रोणले गरे उपाध्यक्षमा घोषणा

1107 पटक पढिएको

हिमालयखबर | 15th Jun 2017, Thursday | २०७४ आषाढ १, बिहीवार २०:३१
हुस्टन (टेक्सस) । टेक्ससमा सामाजीक कार्यकर्ताको पहिचान बनाएका द्रोणराज गाैतमले एनअारएन टेक्सस च्याप्टरको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 
 
बुधबार अाफ्नो उम्मेदवारी अाैपचारिक रूपमा घोषणा गर्दै गैातमले बिभिन्न सामाजीक संघसंस्थामा काम गरेको अनुभवका अाधारमा एनअारएनमा गएर नेपाली समाजलाइ थप योगदान दिने जनाएका छन्। नेपालको गुल्मीमा जन्मेका गैातम विगत १४ वर्षदेखि टेक्ससको हुस्टन शहरमा बस्दै अाएका छन् ।
 
उनी हाल एक गैर नाफामुलक संस्थामा कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । 
 
अाफूले टेक्सस च्याप्टरको उपाध्यक्षमा पदमा नेपाली समुदायको साथ र समर्थन लिएर काम गर्ने मौका पाएमा च्याप्टरका सबै साथीहरुको सहकार्यमा हाम्रो च्याप्टरलाई उदाहरणीय बनाउन लाग्ने प्रतिवध्दता उनले जनाएका छन् । उनले भनेका छन्-'मेरो उम्मेदबारी कुनै नेता हुन नभएर विशुध्द नेपाली र नेपालको हितमा काम गर्न र हामी सबैको साझा संस्था लाई "राम्रो र हाम्रो" संस्था बनाउन प्रयास गर्न को लागि हुनेछ।'
 
अाफूले गैर नाफा-मुलक संस्था मा बसेर राजनीति गर्नु नभई राजनीति गर्न खोज्ने हरुको बिरुद्दमा अवाज उठाउनु हुने समेत उनले उल्लेख गरेका छन् । उनले अाफ्नो विज्ञप्तीमा उल्लेख गरेका छन्- बिदेशमा दु:ख पाएका नेपाली हरुलाई सहयोग गर्न, चहर्याई रहेका घाउमा मलम लगाउन र आफ्नो मातृभूमि नेपालमा आपत विपत परेको बेलामा सक्दो सहयोगको लागि सबैसँग हातेमालो गर्न हुनेछ।