मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अधिकारीको दाहसंस्कार आज

अधिकारीको दाहसंस्कार आज


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  गत सोमबार बिहान टेक्ससको ड्यालसको नोर्थ रिचल्याण्ड हिलस्थित आफनै घरमा आत्महत्या गरेका नेपाली मुलका भुटानी अमेरिकी हरि अधिकारीको दाहसँँस्कार जून १५ गते बिहीबार गरिने भएको छ ।  
 
अन्तिम श्रद्धान्जलीका लागी अधिकारीको शब आज बिहान ११ बजे ड्यालसस्थित हयुजेज फयुनरल होम (9700 web chapel road Dallas Texas 75220) मा राखिने नेपाली समाज टेक्ससले जनाएको छ । 
 
अधिकारीले गत सोमबार बिहान आफनै घर कम्पाउन्डसँगै जोडिएको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 
आत्महत्या गर्नुअधि अधिकारीले तीनवटा छुटटा छुटटै सुसाइड नोट लेखेर दुईवटा आफनै पाइन्टको खल्तीमा र एउटा डायरीमा राखेका थिए ।  
 
सुसाइड  नोटमा कुनै पारिवारिक कारणले नभई आफु कार्यरत ठाउँमा  बेहोर्नुपरेको तनावका कारण  आत्महत्या गर्न बाध्य भएको उल्लेख  छ ।  
 
४३ वर्षीय अधिकारी बाइस वर्ष लामो नेपालको शरणार्थी बसाइपछि सन २००९ मा शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए ।  
 
मृतक अधिकारीका श्रीमती , १६ वर्षीय एक छोरा र नौ वर्षीय एक छोरी छन् ।
 
यसैबिच, नेपाली समाज टेक्सासले, मृतकका परिवारको सहयोगका लागी गो फन्ड मार्फत सहयोग रकम सङ्कलन अभियान शुरु गरेको छ । समाजका अध्यक्ष  कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा  र महासचिव कमल सत्यालले गो फन्ड मार्फत सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको छ ।