हिमालयखवर संवाददाता
अलेक्जेन्ड्रिया (भर्जिनिया) – भर्जिनियाको बेसबेल मैदानमा खेल हेर्न उपस्थित भएका सांसदहरुमाथि बुधबार बिहान अन्धाधुन्द गोली प्रहार हुँदा एक सांसद घाइते भएका छन् ।
फक्स न्यूजका अनुसार रिपब्लिकन सांसद स्टिभ स्कालिस र उनका साथीहरुलाई गोली लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ट्विट गरेर सांसद स्टिभको शिघ्र स्वास्थलाभको कामना गरेका छन् ।
बिहान साढे ७ बजे उक्त घटना भएको थियो । घाइते स्टिभ लुजियानाबाट निर्वाचित सांसद हुन् ।
सांसद स्टिभलाई तिघ्रामा गोली लागेको छ । उनी खतरामुक्त रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ धेरै राउण्ड गोली चलेको थियो । फोटो साभार: सामाजिक संजाल
प्रतिक्रिया