मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आर्थिक बृध्दिमा नेपालले उछिन्यो भारतलाइ

आर्थिक बृध्दिमा नेपालले उछिन्यो भारतलाइ


हिमालयखवर संवाददाता
अमेरिका- सन् २०१७ मा उच्च आर्थिक बृध्ददर (कुल ग्रार्हस्थ उत्पादन अर्थात जीडीपी) हासिल गर्ने देशको सूचीमा नेपालले अािर्थक सुधारलाई तिव्रता दिईरहेको भारतलाई पनि पछि पारेको छ । 
 
विश्व बैंकले हालै सार्वजनिक गरेको विश्व आर्थिक बृध्दिदर परिदृष्य २०१७ अनुसार नेपाल उच्च आर्थिक बृध्दिदर प्राप्त गर्ने देशको सूचीमा तेस्रो स्थानमा परेको छ । नेपाल भन्दा अघि इथोपिया र उजबेक्स्तान रहेका छन् । बैंकको उक्त विश्व आर्थिक परिदृष्य सम्वन्धि प्रतिवेदनलाई उदृत गर्दै वर्ल्ड इकोनोमिक फोरममा राखिएको समाचारमा सन् २०१७ मा नेपालको आर्थिक बृध्दिदर साढे ७ प्रतिशत हुने उल्लेख छ । 
 
विशेष गरी राम्रो मनसुन, महाभुकम्पपछिको पुनर्निमाण प्रयास र भारतसँगको व्यापार समान्य हुनु जस्ता कारणले नेपालको बृध्दि उत्साहजनक रहेको समाचारमा उल्लेख छ । 
 
भारत उच्च अािर्थक बृद्धि हुने देशको चौथो स्थानमा छ । सरकारी खर्च बढ्नु र निकासी व्यापारमा आएको सुधारले भारतको अर्थतन्त्र ७ दशमलव २ प्रतिशतले बढ्ने प्रक्षेपण प्रतिवेदनमा छ । पहिलो स्थानमा अफ्रिकाको गरिब देश इथोपिया परेको छ । 
 
इथोपियाको बृद्धिदर ८ दशमलव ३ प्रतिशत हुने बैंकको प्रक्षेपण छ । विश्वका सबै देशको अर्थतन्त्रको आँकडा विश्लेषण गर्ने विश्व बैंकले सन् २०१७ मा विश्वको अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले मात्र वढ्ने अनुमान गरेको छ । 
 
इथोपियाको आर्थिक बृद्धिदर सवैभन्दा बढी भएपछि सरकारले सापटी लिएर पुर्वाधारमा लगाएकाले यो भने जोखिम हुन सक्ने वैंकले उल्लेख गरेको छ । उजबेक्स्तानको अािर्थक बृद्धिदर नेपालको भन्दा सामान्य बढी हुने प्रक्षेपण गरिएको छ । 
 
बैंकका अनुसार तेलको मूल्यमा केही सुधार, युरो क्षेत्रको अर्थतन्त्र राम्रो रहनु जस्ता कारणले उजबेक्स्तानको यो बर्ष आर्थिक बृध्दिदर ७ दशमलव ६ प्रतिशत रहने उल्लेख गरिएको छ । चीन आर्थिक बृध्दिमा यो बर्ष १६ औं स्थानमा परेको छ । 
 
त्यहाँको अर्थतन्त्र साढे ६ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ । विशेष गरी चीनको अर्थतन्त्रमा आर्थिक खपत बृध्दि र निकासी बढेको हुँदा साढे ६ प्रतिशतले आर्थिक बृध्दि हुने प्रक्षेपण गरिएको हो । 
 
मनसुन राम्रो हुँदा कृषि उत्पादन बृध्दि, नियमित बिजुली, रेमिट्यान्स बृद्धि, पुर्वाधार लगायतका कारणले करिव दुइ दशक पछि नेपालको बृध्दि ७ अंक नाघेको हो । 
 
नेपाली युवाहरु विदेशमा काम गरेर कमाएको पैसा नेपाल पठाएकाले पनि किन्ने शक्ति निकै वृध्दि भएको छ । विदेशवाट मात्र झण्डै ७ सय अर्ब रुपैंया रेमिट्यान्सका रुपमा नेपाल भित्रिन्छ । 
 
भारत र चीनको अर्थतन्त्र विस्तारको गति केही बर्ष यता उच्च छ । तर, यी दुई ठुलो आर्थिक शक्तिको विचमा चेपिएको नेपालले भने लामो समयसम्म न्यून आर्थिक बृद्धिमै काम चलाउनु परेको थियो । ७ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धिदर केही वर्ष कायम हुने हो भने नेपालको अर्थतन्त्रमा देख्न सकिने परिवर्तनहरु आउने छन् ।