मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्याक कन्भेन्सनमा कुलमान आउँदै

न्याक कन्भेन्सनमा कुलमान आउँदै


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) । जुनको अन्तिम साता अमेरिकाको ड्यालस शहरमा हुन लागेको नेप्लिज अमेरिकन कन्भेन्सनका लागि कुलमान घिसिंग आउने भएका छन् ।
 
नेपालमा लोडसेडिंग हटाएर स्याबासी पाएका घिसिंग अहिले नेपालमा रोलमोडल भएका छन् । उनलाई अमेरिका बोलाएर नेपाली समुदायका युवाहरुलाई प्रेरणा दिलाउनका लागि प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको नेपाली समाज टेक्ससका महासचिव कमल सत्यालले बताए ।
 
उहाँ आउने पक्का भैसक्यो सत्यालले भने । नेपालमा खत्तम भैसक्यो भन्ने आम धारणाबीच घिसिंगले जुन प्रकारको कसैले पनि नपत्याएको काम गरे, त्यसलाई हामीले यहाँबाट भएपनि प्रोत्साहन गर्नुपर्ने जरुरी छ, उनले भने । घिसिंग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन् । 
 
जुन ३० देखि जुलाई २ सम्म हुने सम्मेलन अमेरिकामा रहेका नेपालीमुलका युवाहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । फोरप्वाइन्ट शेराटन होटलमा आयोजना हुने कार्यक्रमका डिजे नाइट र फेशन शो बाहेक उद्घाटन समारोह लगायतका कार्यक्रमहरु निशुल्क हुने आयोजकहरुले जनाएका छन् । 
 
कार्यक्रमको हालसम्मको अवस्थाका विषयमा जानकारी दिने र सरोकारवालाहरुसँग सुझाव लिनका लागि आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा यस पटकको कार्यक्रम कल्चर र स्पोर्टमा केन्द्रित आयोजक समितिका पदाधिकारीहरुले बताए । 
 
अमेरिकामा विद्यार्थी भिसा (एफ वान) मा आएर यतै स्थापित भएकाहरुको संस्थाले आयोजना लागेको यस पटकको सम्मेलनका सबै कार्यक्रमहरुमा एफवान भिसा होल्डरहरुलाई ५० प्रतिशत छुट दिइनेछ । एफवान भिसा लागेको पासपोर्ट देखाएमा सहभागीहरुले सांस्कृतिक कार्यक्रमका लागि आधा छुट पाउने व्यबस्था गरिएको छ । 
 
यस पटकको कार्यक्रममा नेपालीमुलका युवावर्गहरुका लागि उपयुक्त हुने खालका फोरमहरु समेत सञ्चालन हुनेछन् । नेपाली युवाहरुले यो कार्यक्रममा सहभागी भएर धेरेनै नयाँ कुराहरु सिक्न पाउने दावी आयोजकको छ ।