मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युवा गायक सुनार रहेनन्

युवा गायक सुनार रहेनन्


हिमालयखवर संवाददाता- 
ह्युस्टन (टेक्सस) । युवा गायक बसन्त सुनारको क्यान्सरसँग जुध्दाजुध्दै ह्युस्टनको एमडी एण्डरसन क्यान्सर अस्पतालमा निधन भएको छ ।
 
स्वदेशगान, आधुनिक गीत लगायत केही दर्जन गीतको रचना, संगीत तथा आफ्नै स्वर दिएका सुनारको उपचारकै क्रममा निधन भएको हो । उनको पार्थिक शरिरलाई सुनारको चाहना अनुसार नेपाल लैजाने तयारी भैरहेको उनकी दिदी पवित्रा सुनारले बताइन् ।
 
पार्थिब शरिरलाई नेपाल लैजान र उनका तीन छोराछोरीको शिक्षादीक्षाको लागि नेप्लिज एसोसिएसन अफ ह्युस्टनले सहयोग संकलन सुरु गरेको छ । 
 
२०३५ सालमा बाग्लुङको सुन्दर गाउँ गल्कोटमा जन्मेका सुनारले ‘घुम्तीमा हावा सरर’, ‘तिमीलाई भेट्न आउँदैछु’ लगायत दर्जनौ गीतमा स्वर र संगीत दिएका थिए । १८ वर्षकै उमेरमा रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गरेका सुनार चार वर्षदेखि अमेरिकामा थिए । 
 
क्यान्सर रोगको उपचार गराइरहेका सुनारले नेपाली गीत, संगीतलाई अझै पनि केही गर्ने सोच बनाएका थिए । तर जबदेखि क्यान्सरसँग संघर्ष गर्न थाले उनले त्यतातिर धेरै ध्यान दिन सकेनन् । करिब एक दर्जन गीतहरुमा स्वर दिएपनि बजार विस्तारमा त्यति ध्यान नदिएकोले त्यति चल्तीको भने हुन पाएनन् । 
 
उनको निधनले नेपाली गीतसंगीतले एकजना प्रतिभाशाली व्यक्ति गुमाएको छ । निधन हुनुभन्दा केही घण्टा अघिसम्म पनि उनले आफ्नी छोरीका साथमा अस्पतालको बेडमै बसेर समेत गीत गाएका थिए । 
 
नेप्लिज एसोसिएसन अफ ह्युस्टनले दुखद घडीमा सहयोगका लागि अमेरिका र संसारभरि छरिएर रहेका नेपाली समुदायसँग अपिल गरेको छ ।