मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा गीता छुन लगाएर शपथ

अमेरिकामा गीता छुन लगाएर शपथ


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) । अमेरिकाको ड्यालसमा रहेको नेपाली मन्दिरका पदाधिकारीहरुलाई आइतबार गीता छोएर शपथ ग्रहण गराइएको छ ।
 
स्थानीय नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका नव निर्वाचित पदाधिकारीहरुलाई हिन्दू धर्मग्रन्थ गीता छोएर शपथ गराइएको थियो । भागवत गीतालाई हिन्दू धर्मसंस्कृतिमा सबैभन्दा पवित्र ग्रन्थका रुपमा लिइन्छ । 
 
अमेरिकामा पनि महत्वपूर्ण पदको शपथ बाइबल छोएर लिइन्छ । वर्तमान राष्टपति डोनाल्ड जे ट्रम्पले गत जनवरीमा आफ्नो पदको शपथ लिँदा बाइबललाई छोएर लिएका थिए । 
 
पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डितले नव निर्वाचित पदाधिकारीहरुलाई गीता छुन लगाएर शपथ लिन लगाएका थिए । दुई वर्षे कार्यकालका लागि रमेश पोखरेलको अध्यक्षतामा ११ सदस्यिय पदाधिकारी चयन भएको छ ।
 
केन्द्रको उपाध्यक्षमा मकर श्रेष्ठ र सीता सापकोटा, महासचिवमा सुरेशचन्द्र पोखरेल, सचिवमा केदार तिमल्सिना, कोषाध्यक्षमा छबीमणी चौलागाई र सहकोषाध्यक्षमा सुरेन्द्र मानन्धर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिनानाथ न्यौपाने, भरत अर्याल, धनञ्जय ढकाल र प्रविण गौतम चयन भएको निर्वाचन समितिले जनाएको छ । 
 
आइतबारनै बसेको केन्द्रको बैठकले नेपाली मन्दिरलाई व्यबस्थित बनाउन बिभिन्न प्रस्तावहरु अघि बढाइएको सदस्य भरत अर्यालले जानकारी दिए ।