टेक्सस (अमेरिका)– हरेक वर्षजुन १४ लाई विश्व स्वास्थ संगठनले रक्तदान दिवसका रुपमा मनाउँदै आएको छ ।
रक्तदानका बारेमा जनचेतना जगाउने र यसको सकारात्मक प्रभावका बारेमा जानकारी दिने उद्वेश्यले संगठनले यो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा ब्लड डोनर्स अफ अमेरिकाका तर्फबाट अध्यक्ष डा. नन्द रेग्मीले शूभकामना दिँदै रक्तदान गर्न आग्रह गरेका छन् ।
विश्व स्वास्थ संगठनले हरेक वर्ष मनाउने १० वटा दिवसमध्य रक्तदान दिवस प्रमुख हो ।
अमेरिकामा प्रत्येक दुई सेकेण्डमा एकजनालाई रक्त ट्रान्सफर गर्नुपर्ने र अस्पतालमा भर्ना भएका बिरामीमध्य सातजनामा एकजनालाई रगत आवश्यकता पर्दै गएको सन्दर्भमा रक्तदानलाई अझै प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेको रेग्मीले बताएका छन् ।
रक्तदान दिवसकै अवसरमा शनिबार टेक्सको लबकमा रक्तादान कार्यक्रम हुन लागेको छ । युनाइटेड ब्लड सर्भिसमा बिहान ९ देखि दिउँसो २ बजेसम्म हुने रक्तदानका सकृय सहभागी भइदिन र रक्तदान गरिदिन ब्लड डोनर्स टेक्ससले अपिल गरेको छ ।
प्रतिक्रिया