नेपाल समाचार

देउवा भए नेपालको ४० औं प्रधानमन्त्री

1206 पटक पढिएको

देउवाको पक्षमा ३८८ मत पर्‍यो भने विपक्षमा १७० मत परेको छ

6th Jun 2017, Tuesday | २०७४ जेष्ठ २३, मंगलवार ०६:४९
हिमालयखबर संबाददाता, २३ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको चालीसौं प्रधानमन्त्री निर्वाचित भएका छन् । आज मंगलबार बसेको व्यवस्थापिका संसद्मा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको पक्षमा तीन सय ८८ सांसदले मतदान गरेका थिए भने विपक्षमा एक सय ७० मत परेको थियो । 
 
मतदानमा पाँच सय ५८ सांसदले भाग लिएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रय जनता पार्टी लगायतका दलले समर्थन गरेका थिए । उनी यसअघि २०५२, २०५८ र २०६१ मा गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् ।
 
डडेल्धुराको असीग्राममा जन्मेका प्रधानमन्त्री देउवा २०४६ सालको जनआन्दोलनपछि निरन्तर निर्वाचित प्रतिनिधिका रूपमा नेपाली राजनीतिमा सक्रिय छन् ।