अन्तर्वार्ता

प्रख्यात गायिका आनी छोइङसँग हिमालय खबरले गरेको विशेष कुराकानी

1285 पटक पढिएको

हिमालयखवर संवाददाता- | 4th Jun 2017, Sunday | २०७४ जेष्ठ २१, आईतवार १९:०२
ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी हुन् र वासिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था 3ई इन्टरटेनमेन्टको आयोजनामा झन्डै एक महिने अमेरिकाको यात्रा रहेको आनीको जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने छन् l
 
यसै सन्दर्भमा l भिन्तुना कै अङ्ग रहेको 3ई (इनकरेज, इङ्गेज र ईमपावर) इन्टरटेनमेन्टको मुख्य लक्ष्य प्रोत्साहन ,संलग्न तथा सशक्तिकरण गर्नुको साथै नेपाली कलाकार ,संगीत ,संगीतकार ,चलचित्र कलाकार तथा उदाउदै गरेका प्रतिभाशाली सबैलाई अमेरिका तथा क्यानडामा अवसर प्रदान तथा प्रवर्द्धन गर्नु सफल र एसियाली मुलुकमा माथिल्लो दर्जामा पुगेकी आनी छोइङ्ग चीनमा अत्यधिक चर्चामा पुग्न सफल रहेकी छिन् l 
 
आनीका लोकप्रिय गीतहरु फुलको आँखामा फुलै संसार, बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे, ओम तारे, हुन्छ मलाई बिहान त्यो क्षण, ईक्षा मेरो, हे भगवान जस्ता रहेका छन् l
 
आनी छोइङ्गले गत बर्ष २०१६ मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन l उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् l
 
हिमालयखवरका लागि लसएञ्जल्सका संवाददाता शंकर वाग्लेले लिनुभएको गायिका आनी छोइङसँग बिशेष भिडियो अन्तवार्ता हेर्नुहोस।