मनोरञ्जन

जुन १७ मा मिस नेपाल क्यालिफोर्निया हुँदै

968 पटक पढिएको

हिमालयखवर संवाददाता- | 3rd Jun 2017, Saturday | २०७४ जेष्ठ २०, शनिबार १६:१९
सानफ्रान्सिस्को (अमेरिका) - आउँदो जुन १७ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा मिस नेपाल क्यालिफोर्निया प्रतियोगिता हुने भएको छ । 
 
हिल्टन होटल युनियन स्क्वायरमा हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन स्थानीय समुदायले अपिल गरेको छ । 
 
कार्यक्रमबाट वचत भएको रकमले नेपालमा स्कूल् बनाउने योजना रहेको जनाइएको छ । प्रवासमा रहेका नेपाली युवावर्गहरूको व्यक्तित्व निर्माणमा सहयोग गर्नका लागि कार्यक्रम अयोजना गरिएको हो ।