मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लण्डनमा पुन आतंककारी हमला

लण्डनमा पुन आतंककारी हमला


लण्डन (एजेन्सी)- ब्रिटेनको लण्डनमा पुन आतंककारी हमला भएको छ । यो हमलामा ६ जनाले ज्यान गुमाएका छन् भने प्रहरीको कारबाहीमा तीनजना शंकास्पद आरोपी पनि मारिएका छन् ।
 
लण्डन स्थित प्रसिद्ध लण्डन ब्रिजमा तिनजना आंकतकारीले सडकपेटीमा हिडिरहेका माथि गाडी चढाएर हमला गरेका थिए ।  बांरो मार्केटमा चक्कु प्रहार गरेर हमला गरेपश्चात ती आक्रमणकारीले लण्डन ब्रिजमा सडकमा हिडिरहेका सर्वसाधारणमाथि तीव्र गतिमा गाडी कुटाएका थिए । 
 
त्यहाँको प्रहरीले यसलाई आतंककारी हमला भनेको छ । दुखद घटना हुदां ६ जना निर्दोषको ज्यान गयो प्रहरीको गोलीवाट ३ जना हमलाकारीपनि मारिए, लण्डन प्रहरीले भनेको छ । 
 
ब्रिटेनमा २२ जनााको ज्यान जाने गरी आतंककारी हमला भएको २ साता नहुदां अर्को आक्रमण भएको हो । दुई साता अघिको आक्रमण पछि त्यहाँ सुरक्षा कडा पारिएको थियो । संसिदय निर्वाचन हुन एक साता मात्र बाँकी रहँदा यो हमला भएको छ । वेलालयमा संसदका लागि जुन ६ मा निर्वाचन हुदैं छ । 
 
यो घटना भए लगत्तै लण्डन प्रहरीले तत्काल कारबाही सुरु गरेको थियो । यही कारबाहीमा हमला गर्नेहरु मारिएका हुन् । सञ्चार संस्था रोयटर्सका अनुसार आक्रमणकारीले विस्फोटक पदार्थ बोकेको भ्रम दिने गरी भेष्ट लगाएका लिए । पछि छानविन गर्दा उनीहरूसँग विस्फोटक पदार्थ नभएको प्रहरीले जनाएको छ । 
 
लण्डन ब्रिज बेलायतकै प्रसिद्ध स्थान हो । यसलाई बेलायत जनाउने सङ्केतका रूपमा पनि लिइन्छ । बांरो मार्केटपनि सधैँ भिडभाड भइरहेन क्षेत्र हो ।  हमलापछि त्यहाँ पुग्नेहरु आतंकित भएका थिए । प्रहरीले आतंकित सर्वसाधारणलाई घटनस्थलवाट बाहिर निकालेको दृश्यहरू बीबीसीले प्रसारण गरेको थियो । यो हमलामा घाइते २० जनाको लण्डनको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लण्डनमा पुन हमला भएलगत्तै ब्रिटेनका प्रधानमन्त्री टरीजा मे लाई टेलिफोन गरी अमेरिका यस्तो गतिविधिलाई निष्तेज गर्न सहयोग गर्न पुरा तयार रहेको जानकारी गराएका थिए ।
 
यो हमला पछि लण्डनको जमिनमुनि वाट चल्ने रेल बन्द गरिएको छ । यो हमला पछि लण्डनभरीनै त्रास फैलिएको थियो । मृतकको सङ्ख्याका बारेमा विभिन्न अफवाहहरु फैलिएका थिए । फोटो साभार: सामाजिक संजाल