मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा साझेदारीमा सपिङ्ग कम्प्लेक्स र इभेन्ट सेन्टर बनाउँदै गौरी जोशी

ड्यालसमा साझेदारीमा सपिङ्ग कम्प्लेक्स र इभेन्ट सेन्टर बनाउँदै गौरी जोशी


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकामा बस्दै आएका नेपाली व्यवसायीको संयुक्त लगानीमा टेक्ससको ड्यालस स्थित इर्विंगमा एकै स्थानमा कमर्सियल सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टर निमार्ण गरिने  भएको छ । दुई नेपाली व्यवसायीले इम्पोरियर इन्टरप्राइेजज मार्फत कम्प्लेक्स र सेन्टरमा करिब ५० लाख अमेरिकी डलर (अर्थात् झण्डै ५५ करोड नेपाली रुपैंया) लगानी गरेर कम्लेक्स निर्माण गर्न लागेका हुन् । 
 
“हामीले सपिगं कम्प्लेकस र एक हजार जना अटाउने इभेण्ट सेन्टरको डिजाइन तयार गरेर तिन साता अघि निमार्ण स्विकृतीका लागी  सिटीमा पेश गरेका छौ ”लगानीकर्ता मध्येका एक  गौरी जोशीले भने “सिटीले स्वीकृत दिएपछि निमार्ण शुरु हुन्छ ।”  
 
सम्पूर्ण निमार्ण समाप्त गरेर आउने आठ नौ महिना पछि अर्थात् फ्रेबुवरी महिना देखिनै सपिगं र इभेण्ट सेन्टरवाट कारोबार शुरु गर्ने योजना रहेको जोशीले जानकारी दिए । हाल भास्तिका इन्क लगायत रियल स्टेट लगायतका क्षेत्रमा  जोशीको लगानी छ ।  
 
चार एकर क्षेत्रफलमा बन्न लागेको उक्त कम्प्लेक्समा आकर्षक डिजाइनका दुई तले तीनवटा भवनका साथै  ६ वटा सुविधा सम्पन्न आवासीय कोठा (स्विट रुम) समेत  हुनेछन ।   डलास अन्तर्राष्टिय  एयरपोर्ट डीएफडब्लु क्षेत्रमा पर्ने उक्त कम्प्लेक्स निमार्ण भएपछि नेपाली समुदाय लगायत सबैलाई कार्यक्रम गर्न सजिलो हुने विश्वास जोशीले बताएका छन्  । 
 
जोशीका अनुसार, १६१ हाइवेको कर्नरमा बनाउन लागिएको उक्त कम्प्लेक्सभित्र स्पोर्ट वार, रेष्टुरेण्ट, सपिगं कम्प्लेक्स लगायत व्यवसाय रहनेछन । केही व्यवसाय आफूले सञ्चालन गर्ने र केही अरूलाई पनि सहभागी गराउने जोशीको  योजना छ । उनका अनुसार त्यहाँ ५० जनासम्मले रोजगारी पाउने छन् । जोशी  समूहले यो स्थानमा २ वर्ष अघिनै जमिनको स्वामित्व किनेको हो । 
 
टेक्ससमा व्यवसाय गर्ने नेपालीको संख्या विस्तार भइरहेको छ । थुप्रै ग्यांस स्टेसन (पेट्रोलपम्म र खुद्रा पसल) मा नेपालीको लगानी छ । ग्यांस स्टेसनको व्यवसायमात्र होइन सम्पत्ति नै आफ्नो स्वामित्वमा लिई सञ्चालन गर्ने क्रम पनि वढिरहेको छ ।  नेपालीको लगानीमा ५ सय भन्दा बढी व्यवसाय रहेको स्थानीय व्यवसायीले जानकारी दिएका छन् । तर, यो तहमा कमर्सियल सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टरमा लगानी गर्न लागिएको भने यो पहिलो हो ।