मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१६ वर्ष बिते पनि दरबार हत्याकाण्ड रहस्यकै गर्भमा !

१६ वर्ष बिते पनि दरबार हत्याकाण्ड रहस्यकै गर्भमा !


नारायणहिटी दरबार हत्याकाण्ड भएको जेठ १९ गते शुक्रबार १६ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।
 
हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
 
घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले प्रधानन्याधीशको अध्यक्षतामा छानबिनपछि तयार पारेको प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रले आवेगमा गोली चलाएर हत्याकाण्ड मच्चाएको र अन्त्यमा आफैँलाई गोली हानेको प्रतिवेदन दिएको थियो । घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
 
१६ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । घटनाको अझै स्वतन्त्र रुपमा छानबिन हुन सकेको छैन । घटनाबारे तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित सत्यतथ्य छानबिन आयोगले  तर, आयोगको प्रतिवेदनप्रति आमनागरिक भने विश्वस्त हुन सकेका छैनन् । 
 
हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहलय बनाइएको छ । तर राजाले लगाउने गरेको श्रीपेच भने अझै पनि सार्वजनिक गरिएको छैन । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक नगरिएको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ ।