मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्वीटरमा ट्रम्प र हिलारीबीच घोचपेच

ट्वीटरमा ट्रम्प र हिलारीबीच घोचपेच


वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । 
 
डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एकपटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रुप लिएको हो । 
 
क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भन्नुभयो, रसियाली सरकारले उनीहरु कतैबाट निर्देशित नबन्दासम्म त्यो सचूनालाई कसरी अस्त्रका रुपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन । 
 
क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गरेका थिए । 
 
त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आफैँलाई पनि दोष लगाउने छन् । तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नेछन् । उनले फेसबुक, डेम्स र डीएसी माथि पनि आक्रमण गर्नेछन् । 
 
क्लिन्टनले फेसबुकमा फैलिएका झुठा समाचारमाथि पनि आंशिक दोषारोपण लगाएको बताएका छन् । एएफपी