मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आर्थिक वर्ष २०१६ मा आईसद्धारा २५ नेपाली डिर्पोटेशन

आर्थिक वर्ष २०१६ मा आईसद्धारा २५ नेपाली डिर्पोटेशन


हिमालयखवर संवाददाता
अमेरिका- युएस इमिग्रेसन एण्ड कस्टम्स इन्र्फोस्मेण्ट(आईसीई) अर्थात् आईसले आर्थिक वर्ष २०१६ मा २५ नेपालीलाई समातेर डिर्पोटेशन गरी नेपाल फिर्ता पठाएको छ । गैरकानुनी रूपमा अमेरिका बस्ने कागजात विहिनको खोजविन, पक्राउ र फिर्ता पठाउने निकाय आईसले गत वर्ष २ लाख ४० हजार २५५ जनालाई अमेरिकाबाट डिर्पोट (फिर्ता) पठाएको थियो । जसमा २५ जना नेपाली परेका हुन् । 
 
आईसले जहाजमा राखेर सुरक्षा अधिकारी सहित डिर्पोटेशनमा परेका व्यक्तिलाई सम्बन्धित देशको इमिग्रेसन अधिकारीलाई वुझाउंछन् । गत आर्थिक वर्ष आईस मार्फत यसरी फिर्ता पठाईएका कागजात विहिनको सङ्ख्या २ प्रतिशतले बढी हो ।  कुनै न कुनै अन्य अपराधमा संलग्नलाई प्रथामिकता दिएर फिर्ता पठाईन्छ । गत वर्ष यसरी फिर्ता भएका मध्ये ५८ प्रतिशत कुनै न कुनै अपराधमा संलगन भएको आईसले हालै सार्वजनिक प्रतिवेदनमा जनाएको छ । 
 
फिर्ता गरिएका मध्ये सबैभन्दा बढी मेक्सिकोका छन् । आईसले गत आर्थिक वर्ष १ लाख ४९ हजार ८२१ लाई समाएर फिर्ता पठाईदिएको थियो । यो आईसले फिर्ता गरेकोमा ६४ प्रतिशत हो । यस पछि ग्वाटेमालाका नागरिक डिर्पोटेशनमा परेका छन् । ग्वाटेमालाका ३३ हजार ९४०लाई आईसले फिर्ता पठाईदिएको छ । हन्डुरसका २१ हजार ९९४, इलसाल्भाडोरका २० हजार ५३८  र डोमोनिक रिपल्लिकका १ हजार ९८१ डिर्पोटेशनमा परेका छन् ।  यी सबै अमेरिका नजिकका देश हुन । यस पछि डिर्पोटेशन दर उच्च हुनेमा कोलम्बिया, इक्वेडर, ब्राजिल, निकारागुवा र जमैका छन् । 
 
गत वर्ष आईसले ३ सय ५३ जना भारतीयलाई डिर्पोटेशन गरेको थियो । यस्तै चीनका ३ सय ९८ जना पनि गत वर्ष आईसको डिर्पोटेशनमा परे । आईसले डिर्पोटेशन गर्दा विभिन्न वायु सेवा, चार्टर जहाज, बस र पैदलमार्गपनि प्रयोग गर्ने गरेको छ । गत वर्ष यसरी डिर्पोटेशनमा परेका मध्ये १ लाख १० हजारलाई जहाजवाट फिर्ता पठाइएको थियो । फोटो साभार: सामाजिक संजाल