मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपालमा बढ्दो महेन्द्रपथ – ट्रम्पवादी चिन्तनको खतरा

नेपालमा बढ्दो महेन्द्रपथ – ट्रम्पवादी चिन्तनको खतरा


इतिहासको त्यो कालखण्ड थियो, जहाँ राष्ट्रबादका नाममा ईटालीमा मुसोलिनीको (सन १९२२-१९४३ सम्म)  फाँसीज्मको शासन चल्यो । त्यसै समयमा जर्मनमा हिटलरले समाजवादी राष्ट्रवादका नाममा नाजीवादलाई जन्माए । तीनै दुई राष्ट्रवादी धार र विश्वमा अधिपत्यता जमाउन हिडेका बेलायत, फ्रान्स र अमेरिका बिचको संघर्षले दुई-दुईवटा बिश्वयुध्दलाई निम्त्यायो । जसले मानव नरसंहार गरयो ।

आज समयले चोला फेरेको छ । तर पनि हरेक देशको राजनैतिक बृतचित्र भित्र पस्ने हो यिनै परिदृश्य फेला पार्न सकिन्छ । हामी एकातिर एक्काईसौं शताब्दिको मानवताबाद र बिश्वबन्धुत्वका विषयमा कुरा उठान गर्दैछौ भने अर्को तर्फ सीमित घेराले बाँधिएको सोचको उपज त्यो उग्रराष्ट्रवाद एवम् जातीयता, भौगोलिक पाबन्दीको घेराबन्दीले घेरिएको सागुरो सोचका पछाडि कुदेकाछौ ।

विश्वका केही राष्ट्रहरूमा जस सँग शैध्दान्तिक धरातल कमजोर छ, तिनीहरूले क्रन्तीलाई वर्ग, धर्म, लिङ्ग जात, क्षेत्रीयता, रंगभेद आदी नामको बिखण्डीकृत राष्ट्रवादको संकल्पमा उभ्याएर अगाडी बढाएको   पाइन्छ । तर बिस्तारै एक दिन समाजले कोल्टे फेर्छ । जागरुकतासंगै क्षणिक प्रोपोगोण्डाका पाटाहरु भत्कन्छन र लोकतन्त्र, बिश्वब्यापीकरण र विश्व मानवताबादको पक्षमा मत जाहेर हुन्छ । जसको उदाहरणमा रसीयन मोडेल र चिनीया मोडेलमा देखिएको खुकुलोपन….आदी ।

उग्रराष्ट्रबादी चरित्रको स्वरूप पुरानो प्रजातान्त्रिक देशमा पनि देखा पर्दो रहेछ । यो समूहले उग्रराष्ट्रवाद र लोककल्याणकारी नाराका भरमा जनमत बटुल्ने प्रयास गरेको हिजोको वेलायती चुनावका नारा र जीतले देखाई सकेकोछ । बिश्वबजारमा अधिपत्यता जमाएको ईष्टईन्डीया कम्पनीको धङधङी रहेको बेलायत एक सानो धेरामा सीमित रहदा पनि उसको “स्व” भन्ने भावनाको मरेको रहेनछ । त्यसैको परिणाम स्वरूप भरखरै उसले यूरोपियन युनियनको भूमण्डलिकरणको सट्टा बेलायतबादलाई पुनः जन्मायो ।

यसै गरी प्रजातान्त्रको जननी अमेरिकालाई हेर्ने हो भने पनि भरखरैको चुनावमा उग्रराष्ट्रवाद कै नारा बेचियो ।  जसले अमेरिकी सोचाईको मानवताबाद भन्दा पनि “मेड इन अमेरिका” र “मेड अमेरिका ग्रेट अगेन” नामको राष्ट्रबादको नारा र अप्रवासी प्रतिको नीति तथा मेक्सिको बोर्डरको पर्खाल जस्ता उग्र बिचारको खेतीबाट सत्ता सम्म पुग्न सफल गरयो ।

यी त केही उदाहरण मात्र हुन । यदि नेपालको राजनैतिक इतिहासको कालखण्ड कोट्याउने हो भने पनि यस्तै अवधारणाको बिजारोपण देखिन्छ । नेपालको राजनीतिको त्यो एक युग थियो, जहाँ भारतले सिक्किम सरह नेपालको नामनिसाना मेटाउन चाहेको थियो । त्यस समयमा यदि सही राजनेता नहुने हो भने अहिलेको नेपाल इतिहासमा मात्र सीमित हुन्थ्यो । एक थरी राष्ट्रवादीले ०१७ सालको कदम र महेन्द्रपथको देनलाई डकार्छन ।  तर यसमा एकदमै कम मात्रामा सत्यता छ । 

महेन्दपथको समयमा राजनेताहरुलाइ जेलमा कोच्दै राजाले राष्ट्रवादी खेती गरे । भलै राष्ट्रवादीनारा बाट राजा महेन्द्रले नेपालका सीमामा भू.पु. सेनाहरुको आवास निर्माण देखि केही सुधारमा काम गरे । जो उनको देखाउने देखावटी नारा थियो । यसैको जगमा बसेर पुनः एकतन्त्रीय शासनको हालिमुखाली उनको चाहना थियो । जसलाई अहिलेको अमेरिकी ट्रम्पबादको मेक्सिको पर्खालको त्यो समयको कल्पना भन्दा फरक नपर्ला । 

यसै बिच नेपालमा प्रजातन्त्र देख्न नचाहने केही देखावटी राष्ट्रवादी नेताहरू सुर्यबहादुर थापा र तुलसी गिरी जस्ताले भित्री रूपमा भारतको हदै सम्म चाकरी गर्दै नेपाली जनतामाझ आफू मात्र राष्ट्रवादी देखाउन चाहे ।  बी.पी. गणेशमान, कृष्ण प्र. भट्टराई जस्ता नेपाली राजनेताहरुलाई लखेट्दा शासन लम्ब्याउन सकिन्छ भन्ने उनको सोच बनाए ।

तर बी.पी.ले राजनैतिक दूरदृष्टिताका साथ भारतमा रहँदा इन्दिरा गान्धीको मनस्थितीको ज्ञात राख्दै बि.स. २०३३ साल पुस १६ गते नेपाल फर्कने निर्णयले गरे । जसलाई भारत र नेपालका केही उग्रराष्ट्रवादी खेलाडीहरुले अहिले सम्म बुझ्न सकेका छैनन् । केही राजनेताले मार्क्स देखि माओलाई चिने तर बी.पी. लाई यसै मामिलामा हुर्मत गरी रहे ।

यस समयमा भारतले पनि बी.पी. लाई भारत नै राख्न र नेपाली काँग्रसलाई हातमा लिई नेपाल सिक्किमिकरण गर्न चाहेको थियो । त्यसको लागि एजेन्टहरु नेपालमा पनि तयनाथ थिए । यी एजेन्टहरुले यात बी.पी. लाई भारतमै रोक्न चाहन्थे यात ओखलढुंगा काण्डको नाममा यज्ञ-भीम सरह मृत्य दण्ड दिई नेपाली राजनेता सखाप पारि नेपाललाई भारतमा बिलयको प्रयास गरेका थिए ।

तर बी.पी. ले त्यस बेला मेरो र राजाको घाँटी जोडिएको छ । जसरी पनि राष्ट्रिय अखण्डता जोगाउनु पर्छ भनी मेलमिलापको नीति सहित आफ्ना सहयोगी गणेशमान सहित नेपाल फर्कै । नेपालको बिमानस्थलबाट नै राजनेताहरुलाई तानाशाहहरुले फेरी सुन्दरी जेल चलान गरे । त्यस ताका नेपालको एक जमात थियो जसले आफू राष्ट्रवादी भन्दै बी.पी.लाई गद्दर भन्दै राजासंग घाँटी जोडेको नाममा गाली गलौच गर्दै हुर्मत लिने गर्दथे ।

मलाई हिजो जस्तै लाग्छ । जब म कलेजको बबुरो थिए प्रचण्ड-बाबुराम, केपी -माधवका समकालीन देखि योगेश भट्टराई सम्मका बिचार र भाषण सुनेको थिए । त्यसताकाको उनको जोसिलो भाषणमा पनि बी.पी. राजासंग घाँटी जोड्ने गद्दार भन्थ्ये । तर त्यो कालखण्डमा ज्यानको बाजी लगाएर बी.पी. नफर्केका भए आज काँग्रेस-एमाले र अन्य दलका राष्ट्रवादी भनाउँदाहरु हदै सम्म भए नेपालको मुख्यमन्त्री मात्र हुन्थेहोला ।

खोक्रो राष्ट्रवादको नारा भन्दा माथि उठेर राष्ट्रियताको सवालमा राष्ट्रको संरक्षणमा उभिने चेष्टा जुन बी.पी. को थियो, अरूले भाषणमा मात्र देखाए । जसको बेथिती हालको परिवेशले पनि देखाउन्छ ।  नेपालको बहुसङ्ख्यक जनघनत्व रहेको तराईलाई आज चपेटामा पार्ने खोजिएकोछ । यहाँ राष्ट्रको जीतकोलागी भन्दा पनि आमूक पार्टीको जीतहारसंग देशमाथी बदमासी गर्न खोजीदैछ ।

जनतालाई अधिकार सम्पन्न बनाउँदा राष्ट्र र राजतन्त्रलाई खतरा हुन्छ भन्ने “सो-कल्ड महेन्द्रपथ”ले राजसंस्था नै खायो । यदि २०१७ सालको “कु” नभएको भए र प्रजातन्त्र मजबुत भएको भए आज अर्कै स्थिति हुन्थ्यो जसलाई महेन्द्रले बुझेनन । आज त्यो नै दोहरीने डर छ ।   

अहिले नेपालमा तराईको पिडालाई राष्ट्रवादसंग दाँज्दै निर्धन राजनीति गर्न खोजिदैछ । यो सोच  हिजो बी.पी.लाई गद्दर भनी राष्ट्रवादी हुन खोज्ने जमातको संरक्षकतामा बढ्दै छ  । यहाँ भाषा, काला, साहित्यिक-सांस्कृतिक अधिकार दिँदा राज्य नै अर्कै हुन्छ भन्ने सोच भएकाहरु पनि छन् । गाउँपालिका नगरपालिका बढाउँदा छुट्टै देश हुन्छ भन्ने मान्यता राख्ने पनि छन् । नियम सङ्गत नेपाली नागरिकता पाउनुलाई अधिकार हैन भन्ने सोच भएका पनि छन् भने अर्को तर्फ क्षेत्रीय कलहको फाइदा उठाउन सकिन्छ कि भन्नेहरु मौकाको चौकामा बसेका छन् ।

राष्ट्रियता र राष्ट्रवाद कुनै भावना र आवेशमा प्रकट हुने चिज हैन । हामीले अलि बाहिर निस्केर विश्व जगतलाई पनि हेर्नु पर्छ । अमेरिका कै उदाहरण लिने हो र केवल नागरिकता कै कुरा गर्ने हो भने पनि जन्मने बित्तिकै गैर-आवासीय नेपालीको बच्चाले पनि जन्मजातै अमेरिकी नागरिकता त्यसै दिन देखि पाउन्छ । तर नेपालमा भने आफ्नै देश भित्रका र नेपाली भनी छाती फुलाउने प्रवासमा रहेका नेपालीलाई दुस्मनको चस्माले हेर्छ ।

नेपालको लागि खुन पसिना चुहाई रहेका र प्रवासबाट गास काटी नेपाल आमाको लागि सहयोग गर्नेलाई नारायणीमा बगाउनु पर्छ भन्नेहरु महान् राष्ट्रवादी कहलिन्छन । यो बिडम्पना नेपालको उग्रराष्ट्रवादी सोच र त्यही स्कुलिङबाट दिक्षित बुज्रुकहरुको गलत ब्याख्यान्नको उपज भन्दा फरक नपर्ला । जसमा महेन्दपथको बिचार र ट्रम्पवादको स्कुलिङको खुराक मिसिएको छनक देखा पर्छ ।