मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी


ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् ।
 
नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । 
 
महर्जनले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पारेका छन् । प्रमुख पदका उम्मेदवार एमालेका व्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरे । 
 
त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पारिन् । शाक्यले १४ हजार २४० मत प्राप्त गरिन् ।
 
महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । रासस