मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा

सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा


सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । 
 
चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । 
 
यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका नेपाल सरकारको तर्फबाट सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 
 
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस वर्ष आइतबारसम्ममा १२० भन्दा बढी आरोही शिखरमा पुगेका छन् । आरोहणका लागि कुल ३७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब १२० जना शिखरमा पुगेका हुन् । जेठ ११ गतेसम्म चल्ने आरोहणका क्रममा मौसम अनुकूल भए धेरैले आरोहण गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । रासस