मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

कहिँ कतै नभाको जात्रा चल्दैछ

कहिँ कतै नभाको जात्रा चल्दैछ


रंगिदै छन् मुहार पुस्तिकाका पानाहरु 
जित र हारका उही पुरानै रंगमंचहरु 
उस्तैगरि कहिले दाइ र कहिले भाइको पालो 
हार्ने र जित्ने दुबैलाइ ठूलै चटारो iii 
 
गाइ, सुर्य, रुख र अनेकौँ चित्रहरु 
चित्रचित्र भित्रका अनेक बिचित्रहरु
देखिँदै छ उही पुराना शैलीहरु 
सजिलै भरिएका बेमौसमी थैलीहरु iii 
 
घाउसम्म नपुगी यसै सुकेका मलमहरु 
जथाभाबी घुमेका पत्रकारका कलमहरु 
न्याउरी मारि पछुताएका राष्ट्रनायकहरु 
ढुंगामुढाले थिचिएका कानुनकर्मीहरु iii 
 
फेरिपनि गन्तब्य बिहिन यात्रा चल्दै छ 
उस्तैगरि देशको स्वाभिमान जल्दैछ,
ल टुलुटुलु हेर्दै ताली ठोकम् जनता
 मेरो देशमा कहिँकतै नभाको जात्रा चल्दैछ ii
– फ्रिस्को, टेक्सस