मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा बालबालिकाका निम्ति ‘सकर क्लिनिक’ (भिडियो सहित)

ड्यालसमा बालबालिकाका निम्ति ‘सकर क्लिनिक’ (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस)– अमेरिकाको नेपाली फुटबल क्लब ‘भास्तिका ड्यालस गोर्खा’ ले बालबालिकाको निम्ति सकर क्लिनिक सुरु गर्ने भएको छ । 
 
झण्डै तीन महिनासम्म स्कुल बिदा हुने समयमा बालबालिकाको समय सदुपयोग गर्नका लागि फुटबल सिकाउने योजना सहित सकर क्लिनिक सुरु गर्न लागिएको हो । चार वर्षभन्दा माथिका उमेरका बालबालिकालाई मुख्यगरि फुटबल (सकर) सिकाउनका लागि ‘सकर फर किड्स’ नाम दिइएको यो कार्यक्रम सुरु गर्न लागिएको क्लबका मेनेजर विनोद विष्टले जानकारी दिए ।
 
‘सानैदेखि सकरको बेस राम्रो हुनसक्यो भनेमात्र भविष्यमा उनीहरु कुशल खेलाडी हुनसक्छन् । त्यही भएर हामीले बालबालिकाको समय अनुकुल मिलाएर यस पटक पनि कार्यक्रम सुरु गर्न लागेका हौँ,’ विष्टले बताए ।
 
तीन महिना अवधिको लागि दर्ता शुल्क एकसय डलर तोकिएको छ । साताको दुईदिन मंगलबार र शनिबार हुने तालिममा आफ्ना बालबालिकालाई सहभागी गराएर खेलप्रति जागरुक गराउन विष्टले नेपाली समुदायसँग अपिल गरेका छन् । दुईसातापछि सुरु हुन लागेको यो तालिमका लागि अहिलेनै आफ्ना बालबालिकालाई भर्ना गराउन समेत उनले आग्रह गरेका छन् ।
 
गत वर्षदेखि संस्थाले बालबालिकाको वृहत्तर विकासका लागि यस्तो कार्यक्रम राख्दै आएको छ । यसपटक सर्टिफाइड कोचको मसेत व्यबस्था गरिएको छ ।