मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस–एमालेले जिते पनि मेरै जित : प्रचण्ड

कांग्रेस–एमालेले जिते पनि मेरै जित : प्रचण्ड


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस, एमालेले जिते पनि माओवादी केन्द्रकै जित भएको बताएका छन् । 
 
उनले स्थानीय तहको निर्वाचन सफल हुनु नै आफ्नो जित भएको उल्लेख गरे । शुक्रबार रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन उद्घाटन गर्दै दाहालले भने, ‘कसले जित्यो भन्दा पनि यो देशले जितेको हो । कांग्रेस र एमालेले जिते पनि यो जित मेरै हो, देशकै हो ।’
 
निर्वाचनमा हारजित हुनु वा प्रतिस्पर्धा हुनु सामान्य कुरा भएको बताउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, 'कसले जित्छ भन्ने कुरा प्रमुख हुँदै होइन, देशले जित्ने कुरा ठूलो हो ।' यस कारण आफूले निर्वाचनपछि टिभीसमेत हेर्न छोडेको बताएका छन् । 
 
प्रधानमन्त्री प्रचण्डले पहिलो निर्वाचन सफल भएपछि सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा अगाडि बढेको बताए । उनले दोस्रो चरणको चुनाव पनि सफलतापूर्वक सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।
 
प्रधानमन्त्री दाहालले अर्को निर्वाचनको विषयमा सबै दलहरुसँग छलफल गरेर अगाडि बढ्ने तयारी भइरहेको बताए ।