मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका सातमध्ये पाँच तहमा मतगणना सुरू

चितवनका सातमध्ये पाँच तहमा मतगणना सुरू


चितवन । भरतपुर महानगरपालिकासहित यहाँका छ स्थानीय तहमा मतगणना थालिएको छ । बिहान १० बजेपछि ती स्थानीय तहमा मतगणना थालिएको हो । भरतपुर महानगरपालिकाको भने अपरान्ह साढे चार बजेपछिमात्रै  मतगणना थालिएको हो । 
 
भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २७४ मतदाता रहेकामा एक लाख १२ हजार ७४१ (७५ दशमलव ०२ प्रतिशत) मत खसेको जनाइएको छ । 
 
महानगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणु दाहाल र नेकपा (एमाले)का तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । उनीहरुकै बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दिउँसो २ बजेदेखि भरतपुरको कभर्डहलमा मतगणना थालिने छ । 
 
त्यसैगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा मतगणना सुरु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि बिहान १० बजेबाट मतगणना सुरु भएको हो । कतिपय तहमा दुई ठाउँमा मतगणना गरिएको छ भने कतिपय ठाउँमा एक स्थानमा मात्र मतगणना गरिएकाले परिणाम आउन ढिलो हुने देखिएको हो । 
 
जिल्लाको कुल मतदाता तीन लाख १३ हजार दुईमध्ये दुई लाख ४० हजार १८६ अर्थात् ६७ दशमलव ७४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 
जिल्लाको कालिका नगरपालिकामा भने एउटा वडामा भोलि मतदान हुने भएकाले सो नगरपालिकाको मत गणना पनि रोकिएको छ । वडा नं ११ का माओवादी केन्द्रका वडा सदस्यको निधन भएकाले पुनः मनोनयन गराएर भोलि मतगणना गर्न लागिएको हो ।