मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भिजन फर नेपालको ड्यालसको वहश स्थगित

भिजन फर नेपालको ड्यालसको वहश स्थगित


हिमालयखवर संवाददाता
अमेरिका- भिजन फर नेपाल फाउण्डेशनले एनआरएन अमेरिकाको आगामी निर्वाचन कार्यक्रमका मिती तय नभईसकेकाले आगामी मे २० मा पुर्व निर्धारित अध्यक्ष पदका प्रत्यासी बीचको बहस कार्यक्रम स्थगित गरेको छ। 
 
अब अर्को बहस कार्यक्रम एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवारको टुंगो भईसकेपछि हिमालयखवर डटकम र युनाइटेड नेपलिज फेजोसिप लगायत अन्य मिडियासँगको सहकार्यमा टेक्सस ड्यालसमा डिबेट कार्यक्रम गरिने फाउण्डेशनका अध्यक्ष कृष्ण शर्माले बताए। 
 
भिजन फर नेपालले अध्यक्षका प्रत्यासीहरु बीच पहिलो चरणको वहश कार्यक्रम सम्पन्न गरिसकेको छ। मतदाता नामावली प्रकाशन नभईसकेको, एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेदवारी दर्ता समेत शुरु नगेको अवस्थामा बहस कार्यक्रम गर्नुको कुनै औचित्य नभएकाले रद्द गरिउको फाउण्डेशन द्धारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ । 
 
अध्यक्ष पदमा उम्मेदवार घोषणा गर्ने केहीले निर्वाचन कार्यक्रम सार्वजनिक भईनसकेको अवस्थामा यस्तो बहसको औचित्य नरहेको हुदां स्थगित गर्न सुझाव दिएका थिए । अध्यक्ष पदका एक जना आकांक्षीले यस्ता बहस धेरै हुँदा सहमती भन्दा पनि असहमतीको वातावरण वन्ने अवस्था सृजना भएको सार्वजनिक रुपमा टिप्पणी गरेका थिए। 
 
पहिले गरेको बहस र अहिलेको अवस्थामा पनि कुनै परिवर्तन नभएकाले पनि स्थगित गर्नु उपयुक्त देखिएको शर्माले वताए । 
 
कार्यक्रम अनुसार एनआरएन अमेरिकाको निर्वाचन मे को अन्तिममा हुने तय भएको थियो। तर, सदश्यता भेरिफिकेसन सम्वन्धि विवादले निर्वाचन कार्यक्रम शनिवारसम्म पनि सार्वजनिक भएको छैन।