मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आज नेपालमा स्थानीय निर्वाचन

आज नेपालमा स्थानीय निर्वाचन


हिमालयखवर संवाददाता
अमेरिका- आज नेपालमा पहिलो चरणको स्थानीय निकायका लागि निर्वाचन हुदैंछ । १८ वर्ष पछि स्थानीय निकायको निर्वाचन हुन लागेको हो । विदेशमा बस्ने ४० लाख भन्दा बढी नेपालीले भने यस पटकपनि निर्वाचनमा सहभागी हुन पाएनन । उनीहरूले समाचारवाट नै चित्त वुझाउनु पर्ने भएको छ । 
 
विदेशमा बस्ने नेपालीहरूको विदेशका नेपाली कुटनीतिक नियोगहरु मार्फत मत हाल्न पाउनु पर्ने माग छ । विदेशका कतिपय देशले विदेशमा बस्ने आफ्ना नागरिकलाई यस्तो व्यवस्था गर्दै आएका छन् । नेपालमा एनआरएनलाई नागरिकता दिने संविधानले व्यवस्था गरे पनि भोट हाल्ने लगायतका राजनीतिक अधिकार दिइएको छैन । विदेशमा बस्ने नेपालीले कमाएको नोट चल्ने भोट नचल्ने भन्दै यो व्यवस्थाको आलोचना भइरहेको छ । 
 
देशका कुल २ सय ८३ स्थानीय निकायमा आइतबार निर्वाचन हुन लागेको हो । १८६ गाउँ पालिका, ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिकामा निर्वाचन हुदैंछ । अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर गरेर ५६६ जना निर्वाचित हुने छन् । यो निर्वाचनबाट १३ हजार ५ सय ५६ जनप्रतिनिधिहरु चयन हुने छन् । पहिलो चरणको यो निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता छन् । 
 
विदेशमा बस्ने नेपालीका लागि मुख्य रूपमा काठमाडौँ महानगरपािलकामा कसले जित्छ भन्ने चासो छ । यस पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की छोरी उठेको भरतपुर महानगरपालिका पनि कसले जित्छ धेरैलाई चासो छ । नेपाली काँग्रेसका सभापति शेरबहादर देउवा र दाहाल दुवैले भरतपुरमा एकै सभामा चुनाव प्रचार गरेकाले पनि यहाँको रिजल्ट चासोको विषय भएको हो ।
 
यस पछि महानगर पालिकामा कसले जित्छ यो विदेशमा वस्नेका चासोको विषय हो । यस पछि आफ्नो टोल गाउँ घरमा कसले जित्ला यसमा चासो हुने भईनै हाल्यो । यो निर्वाचनले राजनीतिक पार्टीलाई जनमत बुझ्ने अवसर पनि हो । यो निर्वाचनमा एमालेलाई फाइदा हुने आशा गरिएको छ ।
 
तर, १८ वर्ष पछि निर्वाचन हुन लागेकाले मतदाताले के आधारमा उम्मेदवार चुन्छन यो भन्न कठिन छ । साझा, विवेकशील पार्टीले कस्तो गर्छन् यो पनि चासोको विषय छ । विशेष गरी काठमाडौँ महानगरपालिमा साझा पार्टी र विवेकशील पार्टीका उम्मेदवारले कति मत ल्याउंछन यसमा धेरेको चासो छ । यी दुईले ल्याउने मतले नयाँ पार्टीको भविष्य कस्तो हुन्छ भन्ने देखिने छ । 
 
अमेरिकामा आइतबार साँझ देखि निर्वाचन परिणामहरु सुन्न पाइने छ ।