मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

के भन्दैछन् एनअारएनका १३ स्टेट च्याप्टरहरू ?

के भन्दैछन् एनअारएनका १३ स्टेट च्याप्टरहरू ?


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – गैर अवासीय नेपाली संघ (एनअारएन) अमेरिकाका १३ स्टेट च्याप्टरहरूले सदस्यता विवाद अन्त्यका लागि च्याप्टरहरूको समेत सहभागितामा संयुक्त समिति गठनको प्रस्ताव राखेको छ । 
 
१३ स्टेट च्याप्टरका अध्यक्षहरूको संयुक्त बैठकले रकम तिरेर सदस्यताका लागि निवेदन दिएका नेपालीहरू समेत भेरिफिकेसनका नाममा छुटेको हुँदा समस्या समाधानार्थ एनअारएन अमेरिकाका अध्यक्षको संयोजकत्वमा, भेरिफिकेसनका संयोजक र स्टेट च्याप्टरहरूलाइ समेत समावेश गरेर अलग्गै समितिको प्रस्ताव गरिएको छ । 
 
यस्तो समितिले विवाद भएका सदस्यहरूको हकमा अनुसन्धान गरेर समाधान निकाल्नुपर्ने माग गरिएको छ ।
 
शुक्रबार संयुक्त विज्ञप्ती प्रकाशित गरेर यस्तो अव्हान गर्ने एनअारएन स्टेट च्याप्टरका अध्यक्षहरूमा जेदु पोखरेल मेरिल्यान्ड,  पुर्ण बानिया क्यालिफोर्निया, सुमन बस्ती इलिनियोस,  ईश्वरी भट्ट न्यू ह्याम्सायर, रेवती अधिकारी नर्थ क्यारोलाइना, उत्तम लामीछाने टेक्सस, जगनलाल श्रेष्ठ मिचिगन, तेम्वा शेर्पा न्यूयोर्क, राम ओझा कनेक्टिकट, मोहन तिमिल्सिना जर्जिया, वासुदेव खनाल कोलोराडो, सुनिल राजकर्निका अरेगन र विष्णु कार्की मासाचुरेट रहेका छन् ।
 
संयुक्त विज्ञप्तीमा चुनावी थलो तोकेर निर्वाचन गर्न र भेरिफिकेसनका लागि तेस्रो पक्षलाइ जिम्मा दिन समेत माग गरिएको छ ।