मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

न्युयोर्कमा एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार बिच बहस मे २१ मा हुने

न्युयोर्कमा एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार बिच बहस मे २१ मा हुने


न्युयोर्क(अमेरिका)- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्षका उम्मेद्धवार र आम सरोकारवालाहरुका विच मे २१ तारिखमा प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रम “एनआरएनए अमेरिका इलेक्सन डिबेट” हुने भएको छ ।
 
नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसी न्यूज टेलिभिजन नेपालको आयोजनामा न्युयोर्क ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरको सभाहलमा हुने सो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु र अन्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक किरण मरहठ्ठाले हिमालय खबरलाई जानकारि दिनुभयो ।
 
एनआरएन अमेरिकाको आगामी कार्यकालको अध्यक्षको लागी वर्तमान अध्यक्ष केशव पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, उपाध्यक्षहरु राम सी पोखरेल, रबिना थापा, डिल्ली भट्टराई र समाजसेवी तथा ब्यबसायी गौरिराज जोशीले  उम्मेद्धवारि घोषणा गरिसकेका छन् ।
 
टेक्ससमा रहनु भएका बर्तमान उपाध्यक्ष तथा अध्यक्षका अर्का प्रत्यासी राम पोखरेलले यस्ता बहस कार्यक्रमहरुले उम्मेदवारहरुलाई मतदाता समक्ष आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा लिएको बताउदै आफु पनि थप उत्साहित भएको समेत बताउनुभयो ।  आफु बहस गरेर मतदाता तान्ने योजनामा भन्दा पनि बास्तवीक एजेण्डामा केन्द्रित रहेको समेत बताए ।  
 
करिब २ घण्टासम्म चल्ने सो कार्यक्रममा उम्मेदवारहरुले आफ्नो चुनावी मुद्धा प्रस्तुत गर्नुका साथै सहभागि सरोकारवालाहरुको प्रश्नको जवाफ पनि दिनुहुनेछ । “वर्तमान कार्यकालको समिक्षा र आगामी चुनावी एजेन्डामा छलफल गर्न यो यस्तो बहस फलदायी हुनेछ ।” एनआरएन अमेरिकाका अध्यक्ष एवं आगामि कार्यकालका अध्यक्षका उम्मेद्धवार केशव पौडेलले भन्नुभयो । 
 
अमेरिकी राष्ट्रपतिय बहसको शैलीमा संचालन गरिने कार्यक्रम उम्मेद्धवारका चुनावी एजेण्डा र कार्यन्वयनका सवालमा केन्द्रित हुनेछ । “उम्मेदवारहरुको आफ्ना एजेन्डा आम मतदातासम्म लैजान र मतदातालाइ योग्य उम्मेदवारको छनोट गर्न यो कार्यक्रम उपयोगी हुनेछ,” अध्यक्षका अर्का प्रत्यासी कृष्ण पोख्रेलले भन्नु भयो । यस्तो अन्तरक्रियात्मक कार्यक्रमले  हामीलाइ थप उत्तरदायी बनाउने छ ,अध्यक्षका अर्का प्रत्यासि गौरिराज जोशीले टिप्पणी गर्नुभयो, “सेवा, सहयोग र एकता भन्ने मेरो एजेन्डालाइ म बहसमा लैजानेछु,” वहाँले भन्नुभयोने । 
 
बहस कार्यक्रम अमेरिकाका अन्य शहरहरु क्यालीफोर्निया र शिकागोमा समेत आयोजना गरिने बताएइको छ ।
 
कार्यक्रममा पुर्वअध्यक्ष जीवा लामीछानेको एनआरएन अभियान बारे संक्षिप्त टिप्पणि प्रस्तुत गरिने छ ।
 
करिब ३ सयजनाको सहभागिता रहने सो कार्यक्रमलाइ एबिसी न्यूज टेलिभिजन र अमेरिकाका विभिन्न संचार माध्यमहरु, हिमालयखबर डटकम, ह्वाइटहिमाल टिभी डटकम, विश्वन्यूजडटकम, एभरेष्ट टाइम्स डटकम, नेपालय न्यूज डटकम, इनेप्लीज डटकम, नेपालीनेपाली डटकम, लगायतले प्रत्यक्ष प्रशारण गर्नेछन् । 
 
एनआरएनए अमेरिकाको नयाँ सदस्यता प्रमाणीकरणको काम सम्पन्न भै सकेकोले  मे महिनाको अन्तिम साता नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारि भैरहेको छ ।